नेवा समाज राजबिराजद्वारा मानाईयो न्हु दयां भिन्तुना ११४०

बृजमान तामाङ

राजबिराज , ११ कार्तिक । नेवा: समाज राजबिराजद्वारा सोमबार नेपाल सम्बत (न्हु दयां भिन्तुना लस कुस) ११४० मनाएका छन ।

नेवा: समाजका अध्यक्ष अरुण कुमार प्रधानको अध्यक्षता तथा राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यमा राजबिराजमा एक कार्यक्रमको आयोजना गरि नेपाल सम्बत मनाएको हो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिदै प्रमुख यादवले चाडबाडले समाजिक एकतामा बल पुग्ने बताए । उनले नेवा: समाजले संस्कृति प्रबर्द्धन खेलेको भुमिकाको प्राशंसा गर्दै नगरपालिकाद्वारा नेवार समुदाय लगायतका पछाडी पारेका समुदायको संस्कृति उजागर गर्नलाई पुर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङले आदिवासी जनजाति प्रती सरकार पुर्वग्राही रहेको आरोप लगाए । राष्ट्रिय बिभुती शंखधर साख्पाले राष्ट्रको लागि दिएको योगदानको चर्चा गर्दै अध्यक्ष तामाङले नेपाल सम्बतलाई नेपालको राष्ट्रिय सम्बतको रुपमा नलिएर राष्ट्रिय बिभुतीको अपमान गरेको टिप्पणी गरे । सरकारले आदिबासीको मौलिक संस्कृतिलाई भेदभाव गरेको अरोप लगाउदै तामाङले संस्कृति जेगर्नाका लागि गोलबद्व हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा वरिष्ठ पत्रकार शिबहरी भट्टराई, पुर्व शिक्षिका मन्जु श्रेष्ठ, तेलि समाज सप्तरीका अध्यक्ष रामचन्द्र साह, कथबनियां समाज सप्तरीका अध्यक्ष प्रमोद कुमार दास, मरवाडी समाजका प्रतिनिधि लगायतकाले शुभकामना मन्तव्य व्यक्त गते ।

आयुष श्रेष्ठद्वारा संचालित कार्यक्रममा स्वागत प्रेम श्रेष्ठले गरे । कार्यक्रममामा नेवार समुदायका जेष्ठनागरिक तुलसा मल्ललाई प्रमुख अतिथी यादवले दोसल्ला ओढाएर सम्मान गरे । नेपाल संम्बतका प्रबर्तक शंखधर साख्पाले ११४० बर्ष अगाडि नेपालमा नेपाल संम्बत शुरु गरेको स्मृतिमा नेवार समुदायले नयाँ बर्षको रुपमा देशभरी मनाउदै आएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com