नेविसंघ रुपनगरद्वारा नेपाली भूमि मिचिएकोमा भारत सरकार विरुद्ध विरोध प्रदर्शन

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , ७ मंसिर ।

नेपाली भूमि मिचिएकोमा सप्तरीको कञ्चनरूप १२ रुपनगरमा शनिबार भारत सरकार विरुद्ध विरोध प्रदर्शन गरिएको छ ।

नेपाल विद्यार्थी संघ ( नेविसंघ ) रुपनगरको अगुवाइमा कालापानी , लिपुलेक र लिम्पियाधुरा लगायत नेपालको धेरै सिमा मिचिएका मुद्दालाई लिएर देशभर आन्दोलन भइरहदा कञ्चनरूपको रुपनगरमा समेत भारत विरोधी प्रदर्शन गरिएको हो ।

नेपाल विद्यार्थी संघ प्रदेश नम्बर २ सम्पर्क समिति काठमाडौंका सहसचिव दिप्लव अमात्यको नेतृत्वमा रुपनगर चौकबाट निकालिएको र्‍यालिमा स्थानीय युवाहरूको समेत सहभागीता रहेको थियो ।

कंचनपुर बजार , बेरियर लगायत नगरको विभिन्न भाग परिक्रमा गरी भारत विरोधी नाराबाजी सहितको र्यालि रुपनगर चौकमा आएर कोणसभामा परिणत भएको थियो ।

कालापानी , लिपुलेक र लिम्पिधुरा हाम्रो हो गो ब्याक इन्डिया , भारतिय विस्तारवाद मुर्दावाद , सिमा मिच्न पाइदैन यस्तो छिमेकी चाहिदैन , एक पक्षीय नक्सा मान्दैनौं , पुर्खाले लडे नालापानी , हामी लड्छौँ कालापानी , नेपाल स्वतन्त्र थियो छ र सधैं रहने छ जस्ता प्लेकार्ड सहित भारतको नक्सा सहित जलाउदै चर्को रुपमा नाराबाजी समेत गरिएको थियो ।

कोणसभामा बोल्दै नेपाल विद्यार्थी संघ प्रदेश नम्बर २ सम्पर्क समिति काठमाडौका सहसचिव दिप्लव अमात्यले कालापानी नेपालकै भएकाले भारतको एक पक्षीय दादागिरी तोड्न सबै नेपालीहरु एकजुट भई आन्दोलनको आँधीबेरी सृजना गर्न आवश्यक रहेको बताए ।

नेपाल विद्यार्थी संघ सप्तरीका अध्यक्ष रोशन धानकोटी (यादव ) , धनुषाका अध्यक्ष विमलेश यादव लगायतका वक्ताहरूले भारतले कालापानी लिपुलेक लिम्पियाधुराबाट आफ्नो सेना फिर्ता गरी नेपाली भूभाग अविलम्ब फिर्ता गर्न र सिमा अतिक्रमण नरोके कडा आन्दोलन गरी आफ्नो मिचिएको नेपाली भूभाग फिर्ता गरेरै छाड्ने चेतावनी दिए ।

लिपुलेक कालापानी सहितका नेपाली भूभाग आफ्नो तर्फ रहेको विवादित नक्सा जारी गरेपछि नेपालभर भारत विरोधी अभियानले तिब्रता पाएको छ ।

नेपाल विद्यार्थी संघले भारतीय नक्सा सच्याउन र अतिक्रमित जमिन फिर्ता गर्न नेपाल सरकारले उचित प्रमाण र दस्तावेजका आधारमा तत्कालै आवश्यक कुटनैतिक पहल थाल्नु पर्ने समेत माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com