नोबेलमा चिरफारबिनै मस्तिष्कभित्रको ट्युमरको सफल शल्यक्रिया

विराटनगर- विराटनगरस्थित नोबेल मेडिकल कलेजको शिक्षण अस्पतालमा चिरफार नगरी दूरबिनको माध्यमबाट सफल शल्यक्रिया सेवा सुरु भएको छ। अस्पतालले सुनसरीको इनरुवा–१० का ३८ वर्षीय हारुन अन्सारीको मस्तिष्कको सफल शल्यक्रिया गरेको हो। 

नाकको प्वालबाट इन्डोस्कोप छिराएर दूरबिनको माध्यमबाट चिरफारबिना नै ‘पिट्युटरी ग्लान्ड’ को सफल शल्यक्रिया गरिएको नोबेल अस्पतालका न्यूरोसर्जन डा प्रकाश काफ्लेले बताए । 

नोबेल अस्पतालका डा आइपी चेरियन, डा प्रकाश काफ्ले, डा विनोद फेलेक्स लगायत चिकित्सकको टोलीले अन्सारीको मस्तिष्कभित्रको ट्युमरको शल्यक्रिया गरेको हो। शल्यक्रियापछि उनको दिनचर्या सामान्य रुपमा चल्न थालेको छ। 

वैदेशिक रोजगारीका लागि साउदी गएर बिदामा फर्किएका अन्सारी शल्यक्रियापछि अब पुनः वैदेशिक रोगजारीमा जाँदै छन्। 

डा काफ्लेका अनुसार दूरबिनबाट शल्यक्रिया गर्दा छिटो हुने, रगत धेरै खेर नजाने, बिरामी लामो समय अस्पताल बस्नु नपर्ने, चोट नदेखिने र कम खर्चिलो समेत हुन्छ।

तपाईको प्रतिक्रिया

About the Author

Team KR News