पञ्चकन्या महायज्ञमा दान बापत उठेको रकम सार्वजनिक

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , ११ चैत्र ।

सप्तरी , कञ्चनरुप , श्री पञ्चकन्या धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवं ऐतिहासिक संगीतमय लिलामय श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञान महायज्ञ कञ्चनरूप १२ रुपनगर , बस्तीपुर , श्रावणपुरमा लगाइएको महायज्ञमा उठेको दान नगद जिन्सी जग्गा समेतको सचिवालयले जानकारी गराएको छ ।

पञ्चकन्या मन्दिर

महायज्ञमा नगद २८ लाख ६० हजार , उठ्न बाँकी नगद ७ लाख रहेको र श्री वालयोगेश्वर फाउन्डेसन काठमाडौंलाई २५ लाख रुपिया दिइएको सचिवालयका संयोजक दक्षनारायण श्रेष्ठले जानकारी गराए ।

यसबाहेक १२ कठ्ठा जग्गा दान प्राप्त भएको , राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसार तिम्सिनाले १ वर्षभित्र १ थान एम्बुलेन्स दिने र पञ्चकन्या धामलाई पर्यटकीय सूचिमा पार्ने प्रतिबद्धता जाहेर गरेको , राष्ट्रिय सदस्य सुमनराज प्याकुरेलले पञ्चकन्या धामको विकासमा आफूबाट हुने सहयोग गर्ने , प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित सांसद डा. सूर्यनारायण यादवले २५ लाख ५ हजार ५ सय ५५ रूपिया बराबरको २५ फिट अग्लो धातुको शिवको मुर्ति स्थापना गर्ने प्रतिबद्धता जाहेर गरेको , प्रतिनिधि सभा सदस्य सरिता गिरी यादवले पञ्चकन्या धामलाई बराहक्षेत्र र चतरा जस्तै बनाउने प्रतिबद्धता जाहेर गरेको , प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह (रामबाबु) ले ३ महिना भित्र एउटा एम्बुलेन्स दिने र सामुदायिक भवन निर्माण गरिदिने प्रतिबद्धता जाहेर गरेको , बरिस्ठ समाजसेवी शेखर सिंहले सामुदायिक भवन निर्माण गर्ने , पण्डित ईटा भट्टाले १२ हजार ईटा दिने , समाजसेवी दक्षनारायण श्रेष्ठले १ तोला सुन दिने प्रतिबद्धता जाहेर गरेको , दान बापत धान बिक्रीबाट ७४ हजार र अन्य खाद्यान्न बिक्रीबाट ५० हजार प्राप्त भएको पञ्चकन्या विकास प्रतिष्ठानका अध्यक्ष अमर श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com