पञ्चकन्या विकास प्रतिष्ठान रुपनगरमा धनधान्याचल विराट ज्ञान महायज्ञ शुरु

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , १ चैत्र ।

सप्तरी , कञ्चनरूप , श्री पञ्चकन्या धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवं ऐतिहासिक संगीतमय लिलामय श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञान महायज्ञ २०७५ कञ्चनरूप १२ रुपनगर बसतीपुर श्रावणपुर सप्तरीको शुक्रबार उद्घाटन भएको छ । 

सो कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सम्माननिय अध्यक्ष गणेश प्रसाद तिम्सिनाले अन्धविश्वास , कुरीति र छुवाछूतको अन्त्य गर्न महायज्ञले जागरण चलाउन प्रेरणा मिलोस भन्दै पञ्चकन्या विकास प्रतिष्ठानको साथसाथै पर्यटकीय क्षेत्रको विकासका लागि सहयोग गर्ने र १ वर्षभित्र एउटा एम्बुलेन्स प्रदान गर्ने प्रतिबद्धता जाहेर गरे । 

राष्ट्रिय सभाका सांसद सुमनराज प्याकुरेलले धर्म समाज परिवर्तनको सम्वाहक रहेको हुदा यसलाई व्यापारमा लान नहुने बताउदै संस्कृतिको विकासको साथसाथै जनताको हित र समाजको रुपान्तरण गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

प्रदेश सभाका सांसद सत्यनारायण मण्डलले महायज्ञको उदेश्य भनेको मानव सेवा र समाज सेवा रहेको बताए ।

कञ्चनरूप नगरपालिकाका नगर प्रमुख बसन्त कुमारले नागरिकले महशुस गर्नेगरी काम गर्ने र विकासको लहर ल्याउने प्रतिबद्धता जाहेर गरे ।

सोही अवसरमा बाजागाजा सहित पञ्चकन्या विकास प्रतिष्ठानबाट निस्किएको कलश यात्रा नगर परिक्रमा गरि महायज्ञमा कलशलाई राखिएको थियोे भने महायज्ञमा कञ्चनरूप ७ बलुवाका माधव प्रसाद चौधरीले रु. १ लाख ११ हजार १ सय १ रुपिया , कञ्चनरूप १२ श्रावणपुरकी पुजन कुमारी श्रेष्ठले १ कठ्ठा जमिन र निमित्त प्रशासकीय अधिकृत पेशल कुमार पोखरेलले रु. ५ हजार दान गरेका थिए ।

स्वागत मन्तव्य पञ्चकन्या विकास प्रतिष्ठानका अध्यक्ष अमर श्रेष्ठले गरेका थिए भने महायज्ञ मुल आयोजक समितिका संयोजक मदन श्रेष्ठको अध्यक्षतामा कार्यक्रमको उद्घाटन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com