पर्साबाट लागूऔषध सहित एक भारतीय युवक पक्राउ

पर्सा , २० साउन ।

प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान लागु अौषध सहित एक जनालाई पक्राउ गरेको छ ।

बिहान ८ बजेको समयमा बिरगंज महानगरपालिका वडा नम्बर १६ रजत जयन्ती चोक स्थित सडक खण्डमा प्रहरी टोलीले विभिन्न सवारीसाधन सहित पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बिरगंज तर्फ पैदल आउँदै गरेका भारत बिहार थाना गौनाहा भितिअर्वा ग्राम पञ्चायत वडा नम्बर ५ बस्ने शम्भु रामको छोरा वर्ष २० को महन्थ रामको साथबाट लागूऔषध इन्जेक्सन नुर्फीम १ सय थान , फेनाग्रन १ सय थान र डाईजेल्याब १ सय थान लागूऔषध फेला परेको छ ।

लागूऔषध सहित पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com