पर्सा प्रहरीद्वारा ५१० लिटर अवैध घरेलु मदिरा बरामद गरि नष्ट

पर्सा , २९ असोज ।

प्रहरी चौकी परवानीपुर पर्साले ५१० लिटर अवैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ ।

प्रहरी चौकी परवानीपुर पर्साबाट बुधबार बिहान ६:३० बजेको समयमा खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बिरगंज महानगरपालिका  वडा नं.२१ स्थित सडक खण्डमा बिभिन्न सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा अवैध घरेलु  मदिरा ५१० लिटर बरामद गरेको हो ।

उक्त बरामद गरिएको मदिरा स्थानिय भद्रभलादमी तथा संचारकर्मीहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com