पातोमा निशुल्क आँखा शिविर सम्पन्न

महेन्द्र सदा

पातो सप्तरी , ८ असोज ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर -५ श्री कन्त चन्द्र माध्यमिक विद्यालय पातोमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

उक्त शिविरमा डाक्नेश्वरी नगरपालिकाको वडाहरु तथा छिमेकी देश भारतको बिहार देखि आएका मानिसहरूले सुविधा लिएका छन् । जसमा ४५० जना आँखा तथा कानको बिरामीहरुले चेकजाँच गराएका छन् । त्यसमध्ये ७० जना मोतिया विन्दुको निशुल्क सल्यक्रिया तथा सुपथ मुल्यमा अौषधी र चस्मा वितरण गरिएको थियो ।

सो कार्यक्रम नेपाल नेत्र ज्योति संघ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार केन्द्र सगरमाथा चौधरी आँखा अस्पताल लहानको आयोजना तथा निसहाय सेवा समिति पातोको आर्थिक सहयोगमा शिविर सम्पन्न भएको समिति सचिव रामचन्द्र मण्डलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com