पोखरीमा डुबेर सुनसरीको दुहबीमा एक बालिकाको मृत्यु

सुनसरी, ११ असोज ।  

पोखरीमा डुबेर सुनसरीको दुहबीमा शनिबार एक बालिकाको मृत्यु भएको छ ।

सुनसरीको दुहबी नगरपालिका-९ छाताबेली घर भई हाल सोहि नगरपालिका-२ तुताहा स्थित शिवशंकर साहको घरमा डेरा गरी बस्ने बर्ष ३० को जाबिर हुसेनको साढे ३ बर्षकी छोरीको पोखरीमा डुबेर मृत्यु भएको छ ।

शनिबार दिउँसो साढे २ बजेको समयमा सोही स्थानमा रहेको पोखरीको पानीमा डुबि रहेको अवस्थामा बालिकाका ९ बर्षिय दाजु मोहमद अमिरले देखे पश्चात उनलाई आफन्तले पानीबाट निकाली उपचारको लागि सामुदायिक अस्पताल दुहबीमा ल्याउदै गर्दा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com