प्रगतिशील लेखक संघ, नेपालको प्रथम सम्मेलन कञ्चनरुपमा सम्पन्न

राजविराज, १६ चैत । प्रगतिशील लेखक संघ, नेपालको प्रथम सम्मेलनले पार्वती राउतको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।
कञ्चनरुपमा सम्पन्न सप्तरी जिल्ला सम्मेलनले राउतको अध्यक्षतामा गठन गरेको प्रलेस सप्तरीको उपाध्यक्षमा मेघराज पौडेल, सचिवमा भोजराज मुखाले, सहसचिवमा रोमा लम्साल र कोषाध्यक्षमा इश्वरीप्रसादलाई चयन गरिएको छ । 
सदस्यहरुमा इन्द्रबहादुर थापा, बोधराज सुबेदी, शिवप्रसाद आचार्य र मनोहरकुमार रहनु भएको छ ।
सम्मेलनले आगामी चैत २२–२३ मा हुने राष्ट्रिय सम्मेलनका लागि चन्द्रमणी पौडेल, लम्साल र मुखालेलाई पठाउने निर्णय गरेको छ ।
सम्मेलनको उद्घाटन एक समारोहका बीच प्रलेस नेपालका केन्दीय उपाध्यक्ष मिश्र बैजयन्तीले पानसमा बत्ती बालेर गर्नुभयो । उद्घाटनका गर्दै उहाँले उपभोक्तावादी संस्कृति हावी हुंदै गएकोले प्रगतिशील लेखक तथा साहित्यकारहरुले सचेत हुनुपर्नेमा जोड दिनुभयो । उपभोक्तावादी संस्कृतिले प्रगतिशील लेखकीय आन्दोलनलाई आंच पु¥याउने भन्दै मिश्र बैजयन्तिले अन्याय, अत्याचार, अराजकता, भ्रष्टाचारको विरुद्व र राष्ट्रियताको पक्षमा लेखकहरुले कलम चलाउनु पर्नेमा जोड दिनुभयो ।
सम्मेलनमा राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेलले मुलुकमा प्रगतिशील लेखकीय र साहित्यको भूमिका झनै बढेको बताउनु भयो । मुलुक र जनताका समस्यामा केन्द्रित हुँदै समुद्ध मुलुक निर्माणमा उत्तरदायित्वपूर्ण, हस्तक्षेपकारी सिर्जनात्मक भूमिका निर्वाह गर्नु आवश्यक रहेकाले प्रगतिशील स्रष्टाहरूको भूमिका झन्झन् महत्वपूर्ण र उल्लेखनीय बनेको उहाँले बताउनु भयो । 
कञ्चनरुप नगर प्रमुख बसन्त मिश्रले समाजमा भइरहेको बेथितीविरुद्ध लेखकहरुले खवरदारी गरिरहनु पर्ने बताउनु भयो भने सप्तकोशी नगर प्रमुख उत्तम शर्माले समाज परिवर्तनको लागि साहित्य नै महत्वपूर्ण र धारिलो हतियार रहेको बताउनु भयो ।

नगर प्रमुख

देशमा सांस्कृतिक आक्रमण बढ्दै गएकाले लेखकहरु सचेत हुनुपर्ने अवस्था आएको बताउँदै उदयपुर प्रलेसका अध्यक्ष माधव गोजाङ्ग्रे र मोरङ्ग प्रलेसका सदस्य यज्ञराज परिश्रमीले लेखकहरुले साहित्यको माध्यमबाट खवरदारी गर्नुको विकल्प नभएको बताउनुभयो ।
सहभागी अन्य वक्ताहरुले देशमा गणतन्त्र आएपनि सामन्तबाद कायमै रहनुका साथै असमानता, अराजकता, भ्रष्टाचार र वेथिति कायमै रहेकोप्रति चिन्ता गर्नुभयो ।
कार्यक्रममा चन्द्रमणी पौडेल, तिर्थराज पोखरेल, नन्दलाल आचार्य, मेघराज पौडेल, भोजराज मुखाले, पार्वती राउत, रोमा लम्साल, सुरेन्द्र गुप्ता, बोधराज सुबेदीलगायतले कविता, गजल र मुक्तक वाचन गर्नुभयो । 

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com