प्रचण्डको अभिव्यक्ति सस्तो लोकप्रियताका लागि मात्र : लेखी

बृजमान तामाङ

बिरेन्द्र बजार, २ माघ । आदिवासी जानजाती नेता राज कुमार लेखीले सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले रेशम चौधरी छिट्टै जेलमुक्त हुन्छ भनी दिएको अभिव्यक्ति सस्तो लोकप्रियताका लागि मात्र भएको बताएका छ्न ।

सप्तरीको महुलीमा बिहिवार आयोजित माघी महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

प्रचण्डले भन्दैमा थारु नेता चौधरी रिहाई हुने भए एक बर्ष पहिले नै हुन्थे, नेता लेखीले भने- सस्तो लोकप्रियताका लागि पटकपटक प्रचण्ड जिले यस्तै झुटो आसपासन दिन्छ्न उनले थपे- प्रचण्ड आदालत होर ? बीस लाख थारुको भोट बटुल्न प्रचण्डले झुठो बोल्ने गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि लेखीले भाषणको पछि लागेर थारु, आदिवासी आन्दोलनलाई कम्जोर नपार्न आग्रह गरे ।

प्रचण्डले बुधबार काठमाडौको टुडिखेलमा आयोजित माघी महोत्सवमा बोल्दै रेशम चौधरी छिट्टै छुट्ने दिएको अभिव्यक्ति प्रती लेखिले अपत्ती जनाउदै उत्पीडित जनताको लागि रेशम मात्र हैन आफू आजिवन जेल बस्न तयार रहेको बताए ।

ओलि, प्रचण्ड र देउवा लगायत चारपाँच जना नेताका कारण देशमा अशान्ति, बेतिथी र बिद्रोह उत्पन्न भएको लेखीले आरोप लगाए । लेखीले नाचगान गरेर मात्र मात्र अधिकार पाउन नसकिने उल्लेख गर्दै उत्पीडन र बिभेदबाट मुक्तिका लागि आन्दोलनको विकल्प नरहेको बताए ।

गाउँघरमा दबिएर ओझेलमा परेको माघी पर्वको उजागर गर्न २०६३ साल देखि काठमाडौको टुडिखेलबाट शुरु गरेको माघी गाउँटोल सम्म बिस्तार भएको भन्दै लेखीले खुशी व्यक्त गरे । लेखिले मघी लगायतका साँस्कृतिक चार्डलाई महोत्सवको रुपमा मनाउदै अधिकार लागि बिचार आदानप्रदान गर्ने माध्यम समेत बनाउनु पर्नेमा जोड दिए ।

माघी महोत्सव २०७६ मुल आयोजक समिति अग्निसाईर कृष्णासवरन गाउँपालिकाका संयोजक शिवनन्दन लेखीको अध्यक्षतामा आयोजित कार्यक्रममा आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, अग्निसाईर कृष्णासवन गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष कुशुम आचर्य, नेकपा जिल्ला सदस्य बोधराज सुबेदी, थारु नेता मधाव चौधरी, जय मधेस एफएमका प्रतिनिधि पवन रोनियार लगायतकाले मन्तव्य दिदै माघीले नेपालीहरु बिच आपासी एकता, सद्भाव, कायम गर्दै, देशको बिकास र समृद्धिका लागि सफल्ता हाँसिल गरोस भन्दै शुभकामना व्यक्त गरे ।

थारु पत्रकार संघ सप्तरीका अध्यक्ष भगवती चौधरीले संचालन गरेको कार्यक्रममा थारु पहिचान झल्कने गित, संगित र नृत्य प्रस्तुत गरिएको थियो । महोत्सवमा थारु पहिचान झल्कने सामाग्री र थारु परिकारहरुको समेत प्रदर्शन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com