प्रतिनिधि सभाकी सांसद कल्याणी खडकाको नेतृत्वमा आएको सांसदहरूको टोलीले सुन्दरी नदीको अनुगमन

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , २१ माघ ।

विकास तथा प्रविधि समितिको सभापति एवं प्रतिनिधि सभाकी सांसद कल्याणी खडकाको नेतृत्वमा आएको सांसदहरूको टोलीले कञ्चनरूप – १२ रुपनगर स्थित रहेको सुन्दरी नदीको अनुगमन निरीक्षण गरेका छन् । 

कञ्चनरूप नगरपालिकाका नगर प्रमुख बसन्त कुमारले सुन्दरी नदीले पुर्‍याउने जनधनको क्षति र सुन्दरी पुलको जीर्ण अवस्थाका बारेमा सांसदहरूलाई जानकारी गराएका थिए ।

विकास तथा प्रविधि समितिका सभापति खडकाले सुन्दरी नदीलाई नियन्त्रण गर्नका लागि स्थानीय तहबाट दिर्घकालीन योजना बनाई प्रक्रिया अगाडि बढाएमा केन्द्र सरकारले र आफ्नो तर्फबाट समेत नदी नियन्त्रणका लागि सहयोग गर्ने बताइन् ।

Advertisement

सांसद लिलानाथ श्रेष्ठले केन्द्र सरकार स्थानीय सरकार कसरी बलियो हुन्छ र जनतालाई सुखी समृद्ध बनाउन चिन्तित भएर लागेको हुदा नदी नियन्त्रणका लागि आफूले सहयोग गर्ने बताए ।

सांसद सरिता गिरी यादवले आफू जनताको सेवक भएको हुदा जनताको सुख र समृद्धिका लागि साथै सुन्दरी नदी नियन्त्रणका लागि सक्रिय रुपमा लागि पर्ने बताइन् ।

सो टोलीमा सांसदद्वय सरला यादव , मिनाक्क्षी झा , प्रदेश नम्बर २ का सांसद गोविन्द न्यौपाने समेतको सहभागीता रहेको थियो । 

हुलाकी राजमार्गको अनुगमन गरि आउने क्रममा सांसदहरूको टोलीले सुन्दरी नदीको समेत निरीक्षण गरेको सांसद सरिता गिरी यादवले बताइन् ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com