प्रदेश क्रिकेटको उपाधि पर्सालाई, सप्तरी दोस्रो

मनोहर पोखरेल
राजविराज, १७ फागुन । मध्यमान्चल खेलकुद बिकास समितिको आयोजना तथा जिल्ला खेलकुद बिकास समिति सप्तरीको संयोजनमा राजबिराजमा सञ्चालित प्रदेश नम्बर २ स्तरीय छनौट क्रिकेट प्रतियोगिताको उपाधि पर्साले हात पारेको छ ।
सप्तरीलाई तीन विकेटले पराजित गर्दै पर्साले उपाधि हात पारेको हो । शुक्रबार नै भएको खेलमा बारालाई पराजित गर्दै सर्लाही तेश्रो भएको प्रतियोगिताका संयोजक रबी रायले बताए ।
पबि मा.बि. को खेल मैदानमा सम्पन्न फाईनलमा सप्तरीले पहिलो ब्याटिङ्ग गर्दै निर्धारित २० ओभरको खेलमा सम्पूर्ण बिकेट गुमाई एक सय ४० रन बनाएको थियो । सप्तरीका रोहन बिकले ४६ बलमा सात चौका र दुई छक्काको मद्धतले ५४ रनको योगदान दिए । किर्तिमानी खेलाडी महवुव आलमले २५, बिकास दासले १६ र अमित दासले १० रनको योगदान दिए । बलिङ्गतर्फ पर्साका सोहेल हवारीले तीन तथा सइदुल्लला अन्ंसारी र फिरोज अन्सारीले दुई÷दुई बिकेट लिए ।
एक ४१ रनको लक्ष्य लिई मैदानमा ओर्लेको पर्साले उक्त लक्ष्य अन्तिम ओभरको पहिलो बलमा सात बिकेटको नोक्सानीमा भेट्टायो । पर्साका लागि हासिम अन्सारीले २९, सोनु अंसारीले २५, सइदुल्लाह अन्सारीले २३ र सैफुल्ला अन्सारीले नटआउट १७ रनको योगदान दिए । बलिङ्गतर्फ सप्तरीका बिवेक यादवले तीन तथा महवुव आलम, बिकास दास र रोहित सिंहले समान एक बिकेट लिए । खेलको म्यान अफ द म्याच पर्साका सैदुल्ला अन्सारी घोषित भए ।
त्यसअघि तेश्रो स्थानको लागि भएको खेलमा सर्लाहीले २९ रनले बारालाई परािजत ग¥यो । निर्धारित २० ओभरको खेलमा नौ बिकेटको नोक्सानीमा एक सय ३९ रनको योगफल तयार पारेको सर्लाहीका लागि सोहन यादवले ३२, सुभाष पण्डितले २७, सम्साद शेखले २३, रोशन पुलामीले १२ र मेराज मिकरानीले नटआउट रही १३ रनको योगदान दिए । बलिंङ्तर्फ बाराका आदिल खाँ र भुलावन सहनीले समान दुई बिकेट तथा कुमार थापा र दिपक कुमार तितुंगले समान एक बिकेट लिए ।
एक सय ४० रनको लक्ष्य लिई मैदानमा ओर्लेको बाराले २० ओभरमा आठ बिकेटको नोक्सानीमा एक सय १० रन मात्र जोडन सक्यो । बाराका लागि तिर्थराज दासले ३०, शिव तन्डुकारले २०, शंकर पौडेलले १४ र सुभाष यादवले १५ रनको योगदान दिए । बलिंङतर्फ सर्लाहीका सन्दिप खडका र सम्साद शेखले समान दुई बिकेट तथा सुशान्त सिंह, मेराज मिकरानी र रोशन सिंहले समान एक बिकेट लिए । खेलको म्यान अफ द म्याच सर्लाहीका सम्साद शेख घोषित भए ।

उपविजेतालाई मेडल लगाउँदै पत्रकार मनोहर पोखरेल ।

पुरस्कार वितरण समारोहमा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले विजेतालाई, पत्रकार मनोहर पोखरेल र जिल्ला खेलकुद बिकास समिति सप्तरीका कार्यालय प्रमुख दिनेश भुजेलले उपविजेतालाई र खेलकुद विकास समितिका उपाध्यक्ष धिरेन्द्र बर्मा र वडा अध्यक्ष समिर झालेले तृतिय हुने खेलाडीलाई प्रमाण पत्र तथा मेडल बितरण गरे ।
पुरस्कार वितरण समारोहमा ३७ वर्षदेखि सप्तरीको क्रिकेट क्षेत्रमा पु¥याउनु भएको विशेष योगदानका लागि सुरेन्द्रनाथ सिंह (शशी) लाई सप्तरी क्रिकेट एशोसिएसन, एम्पायर एण्ड स्कोरर एशोसिएसन सप्तरी तथा खेलाडीहरुले प्रशंसा पत्र, दोसल्ला र उपहारहरु प्रदान गरे । क्रिकेटका साथै खेल क्षेत्रमा लामो समयदेखि समर्पण भावका साथ लागेका तृपितनारायण साहलाई समेत क्रिकेट एशोसिएसनले प्रशंसा पत्रले सम्मान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com