प्रदेश नम्बर एकको राजधानी विराटनगर घोषणा

प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेश १ को राजधानी विराटनगर तोक्ने प्रस्ताव पारित गरेको छ । जारी हिउँदे अधिवेशनको सोमबार बसेको अन्तिम बैठकबाट प्रदेशको राजधानी टुंगो लागेको हो । प्रदेशसभामा कायम रहेका ९३ सांसदहरु मध्ये विराटनगर राजधानीको पक्षमा ८६ मत दर्ज भएको छ । उक्त प्रस्तावको विपक्षमा शुन्य मत परेको हो । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभाको कायम सदस्य संख्याको दुई तिहाईले विराटनगर राजधानी तोक्ने प्रस्ताव  पारित भएको घोषणा गरेका हुन् । राजधानी तोकेसँगै जारी हिउँदे अधिवेशन अन्त्य भएको सूचना पढेर सुनाइएको छ । प्रदेश प्रमुख प्राडा गाेविन्द तुम्बाहाङले पठाएको अधिवेशन अन्त्य भएको सूचना पढेर सुनाइएको हो ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com