प्रदेश नम्बर २ मा १७ गते मंगलबार सार्वजनिक बिदा

सप्तरी , १२ मंसिर । प्रदेश नम्बर २ मा १७ गते मंगलबार सार्वजनिक बिदा दिइएको छ ।

मंसिर १७ गते मंगलबार सार्वजनिक बिदा दिने प्रदेश सरकार, मन्त्रिपरिषद्को कार्यालयले मंसिर ११ गते निर्णय गरेको छ ।

बारा जिल्लाको प्रसिद्ध श्री गढीमाईको पञ्चवर्षिय मेलाको अवसरमा मंसिर १७ गते मंगलबारको दिन प्रदेश नं. २ मा सार्वजनिक विदा दिन लागेको हो । उक्त दिन प्रदेश नं. २ का सबै कार्यालय, सार्वजनिक निकाय, संघ संस्थ, शिक्षण संस्थहरु समेतमा सार्वजनिक विदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । यो मेला मंसिर महिना भर चल्ने गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com