प्रदेश नम्बर २ स्तरीय भारोत्तोलन प्रतियोगिताको पहिलो दिन सप्तरी र सिरहाले नौ स्वर्ण बाँडे

सप्तरी, १५ फागुन । सप्तरीको राजबिराजमा आजबाट सुरु भएको प्रदेश नम्बरं २ स्तरीय भारोत्तोलन प्रतियोगिताको पहिलो दिन सप्तरी र सिरहाले स्वर्ण पदक बाँडेका छन् ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १० महिला र १० पुरुष खेलाडी छनौट गर्न भइरहेको प्रतियोगिताअन्र्तगत पहिलो दिन सप्तरीले ६ र सिरहाले तीनवटा स्वर्ण पदक बाँडेको निर्णायक तिलक राउतले जानकारी दिनु भयो ।
पुरुषतर्फ भएको ५५ र ६१ किलो तौल समूहमा सप्तरीका क्रमशः रामुकुमार यादव र रमेश झाले स्वर्ण पदक जित्नु भयो । यादवले कुल एक सय ७० किलो र झाले एक सय ५९ किलो तौल उठाई स्वर्ण पदक जित्नु भएको हो ।
यसैगरी महिलातर्फ सप्तरीकी काजल सदाले ४५ किलो तौल समूहमा, पुजा मण्डलले ४९ किलो तौल समूहमा, सरीताकुमारी यादवले ५५ किलो तौल समूहमा र सरस्वतीकुमारी चौधरीले ५९ किलो तौल समूहमा स्वर्ण पदक हात पार्नुभयो ।
सिरहाकी पुष्पा चौधरी ६४ किलो तौल समूहमा, प्रमिला चौधरी ६९ किलो तौल समूहमा र मनीता चौधरी ८६ किलो माथिको तौल समूहमा प्रथम हुनु भयो ।
राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा आज एक समारोहबीच राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेलले प्रतियोगिताको उद्घाटन गर्नुभयो । भोलिसम्म हुने छनौट प्रतियोगितामा १२ महिलासहित ५८ खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेको जिल्ला खेलकुद विकास समिति सप्तरीका कार्यालय प्रमुख एवं भारोत्तोलन प्रशिक्षक दिनेश भुजेलले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com