प्रदेश २ : सप्तरीमा भव्यताका साथ संविधान दिवस मनाइयो

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , ३ असोज ।

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) कञ्चनरूप नगरपालिका वडा नम्बर ९ र १२ वडा कमिटीले शुक्रबार संविधान दिवसको उपलक्ष्यमा रुपनगर चौकमा दिप प्रज्वलन गरेको छ ।

रुपनगर

सो कार्यक्रममा बोल्दै नेकपाका सप्तरी जिल्ला सदस्य मो. इस्लामले अहिलेको संविधानले सबै अधिकारलाई मौलिक हकमा समेटेको हुदा यो संविधान उत्कृष्ट रहेको बताउँदै अब राजनैतिक क्रान्ति समाप्त भएको हुदा आर्थिक क्रान्तिमा लागि सबै मिलेर विकास निर्माणलाई अगाडि बढाउनुपर्ने बताए ।

सो कार्यक्रममा बोल्दै ९ नम्बर वडाका वडा अध्यक्ष लक्ष्मण यादवले अहिलेको संविधानले सबैको अधिकारलाई सुनिश्चित गरेको हुदा अब सानातिना कुरामा नअल्झि विकास निर्माणको कार्यमा लागि आफ्नो ठाउँ लाई नमुना बनाउन आवश्यक रहेको बताए ।

राजविराज

१२ नम्बर वडाका वडा सदस्य मो. करिम , कञ्चनरूप नगरपालिकाका प्रेस सल्लाहकार उत्तम आचार्य लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए ।

राजविराज नेता चौक

दीप प्रज्वललन कार्यक्रममा पार्टीका नेता कार्यकर्ता , समाजसेवी , युवा , विद्यार्थी , बुद्धिजीवीहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो भने नेकपाका १२ नम्बर वडाका नेता सन्तोष थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

हनुमाननगर

साथै सप्तरी जिल्लाको सबै नगर तथा गाउँ पालिकामा संविधान दिवसको अवसरमा दीप प्रज्वलन भएको नेकपाका जिल्ला अध्यक्ष अमर मण्डलले बताए ।

खडक नगरपालिका
सप्तकोसी नगरपालिका

 

महुली
कठौना

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com