प्रधानमन्त्री ओली चैत्र २३ गते भारत भ्रमणमा जाने तय

–प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तालिका तय भएको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीले आगामी चैत्र २३ गतेदेखि तीन दिन भारत भ्रमण गर्ने जनाएको हो । २३ गते भारत जाने प्रधानमन्त्री ओली २५ गते स्वदेश फर्कनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोभिन्द, उपराष्ट्रपति वेकैया नायडु, समकक्षी नरेन्द्र मोदी लगायत उच्चपदस्थ भारतीय अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।  

तपाईको प्रतिक्रिया

About the Author

Team KR News