प्रधानमन्त्री वलीलाई आदिवासीको नाम समेत उचारण गर्नु समस्या हुन्छ : ताजपुरिया

बृजमान तामाङ

विरेन्द्र वजार, ०२ माघ ।

नेपाल आदिवासी जनजाति महासंघका महासचिव नित्यानन्द ताजपुरियाले प्रधानमन्त्री केपी शर्मा वलीलाई आदिवासी जनजाति लगायतका उत्पीडित जातजातिको नाम समेत उचारण गर्नु समस्या हुने गरेको वताएका छन ।

थारु कल्याण कारिणीसभा क्षेत्र नम्वर ३ सप्तरीद्धारा मंलवार शम्भुनाथ नगरपालिका स्थीत वसवलपुरमा आयोजित माघी महोत्सवलाई सम्वोधन गदै उनले आरोप लगाएका हुन । प्रधानमन्त्री वली घोर नश्लवादी भएको आरोप लगाउदै महासचिव ताजपुरियाले भने , ओली जीलाई आदिवासी जनजाति, मधेशी, थारु, मुश्लिम, दलित सहित उत्पीडित समुदायको नाम उचारण गर्न समस्य हुन्छ । देशका भुमीपुत्रको अपमान गर्दै विभिन्न जातजाति भन्ने गर्छ । अधिकारका लागि आनदोलनको विकल्प नरहेको वताउदै कार्यक्रमका प्रमुख अतिथी ताजपुरियाले पहिचान र आधिकारका लागी सवै उत्पीडित समुदायहरुलाई गोलवद्ध हुन आग्रह गरे । ।

सप्तरी क्षेत्र नम्वर ३ का साँसद चन्द्रकान्त चौधरीले सरकारले थारु समुदायमाथि चरम विभेद गरेको आरोप लगाए । अदालतले अपराधि ठहर गरेका नवराज शिलवाल र वालकृष्ण ढुङगेल खसचार्य भएकोले छुटकार पाउने तथा जनताको जनादेश पाएको रेशम चौधरीलाई थारु भएका कारण कारगारमा पठाएको भन्दै उनले आक्रोश व्यक्त गरे । 

नेपाल आदिवासी जनजाति महासंघ मधेश—मिथिला प्रदेश समिती प्रदेश नम्व २का संयोजक मनोज सिंह दनुवारले प्रदेश नम्वर २ मा माघे संक्रान्तिको सर्वजानिक विदा दिएकोमा प्रदेश सरकारको प्रसंशा गरे । उनले विदाले आदिवासी जनजातिको आत्मासम्मान वढेको वताउदै आदिवासी जनजातिको पहिचान जनित सवै चाडपर्वमा विदा दिन आग्रह गरे ।

नेपाल तामाङ घेदुङ प्रदेश नम्वर २ का अध्यक्ष डेनोक मोक्तानले विकास र समृद्धिको आधार सवैको सम्मान अधिकार भएको वताए । उनले मुलुकको विकास, समृद्धि र सुशासनका लागि सम्पुर्ण जाति समुदायलाई सम्मान अधिकार दिनु पर्नेमा जोड दिए ।

थारु कल्याण कारिणी सभा क्षेत्र नम्वर ३ का क्षेत्रीय सभापती सिम्रितलाल चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य विनोद चौधरी, नेपाल आदिवासी जनजाति महासंघका पुर्व केन्द्रिय सचिव ध्यानी उराउ, आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङ, धर्मोदय सभा सप्तरीका अध्यक्ष महेश कुमार चौधरी, शिक्षिका निर्मला चौधरी लगायतकाले शुभकामाना मनतब्य ब्यक्त गरे ।
थारु कल्याणकारिणी सभाका पुर्व सभापती पगडीवाला सम्मानित थारु कल्याण कारिणी सभा सप्तरीका पुर्व सभापती उपेन्द्र नारायण चौधरी पगडीवाला सम्मानित भएका छन । 

थारु कल्याणकारिणी सभा क्षेत्र नम्वर ३ द्धारा माघे संक्रान्तिको आवसरमा मंलवार पडगीवालालाई सम्मान गरेका हुन । थारु समुदायको संस्कार संस्कृती, भाषा र पहिचान उजागर गर्न योगदान गरेको स्मरण गर्दै कार्यक्रमका प्रमुख अतिथी आदिवासी जनजाति महासंघका महासचिव नित्यानन्द ताजपुरियाले पगडी र दोसला ओढाएर उनलाई सम्मान गरे । सम्मानित पगडीवाला थारु कल्याण कारिणी सभा सप्तरीका पुर्व सभापती हुन । सामाजिक अभियन्तको रुपमा परिचित पगडीवाला दुई वर्षदेखी प्यारालाईसिस र ड्याविटिज रोगवाट थलिएका छन । उनलाई सहयोगी मार्फत जिपमा राखेर कार्यक्रम स्थालमा पु¥याएका थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com