प्रहरीद्वारा धनुषामा ३ सय ६० लिटर अवैध घरेलु मदिरा नष्ट

धनुषा ।

धनुषामा प्रहरीले भारी परिमाणमा अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय ढल्केवरले मिथिला नगरपालिका ६ स्थित ढल्केवर चोकमा सवारी चेकजाँच गर्ने क्रममा बरामद गरेको भण्डै ३ सय ६० लिटर अवैध घरेलु मदिरा नष्ट पारेको हो ।

अवैध घरेलु मदिरा ओसारपोसार भइरहेको गोप्य सूचनाको आधारमा खटेको प्रहरी टोलीले उक्त मदिरा बरामद गरेको ईप्रका ढल्केवरका प्रहरी निरीक्षक अवध किशोर ओझाले बताए । बरामद गरिएको मदिरा स्थानीय जनप्रतिनिधि, महिला सञ्जाल, गाउँ समाजका विभिन्न भद्रभलादमीहरुको रोहबरमा नष्ट पारिएको उनले जनाए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com