प्रहरी चौकी छतवा बाराद्वारा प्रतिबन्धित कुखुराको चल्ला बरामद गरि नष्ट

बारा , २ कार्तिक  गते : प्रहरी चौकी छतवाद्वारा शनिबार प्रतिबन्धित कुखुराको चल्ला बरामद गरि नष्ट गरेको छ ।
सिमा प्रहरी चौकी छतवा बाराबाट खटिएको प्रहरी टोलीले बाराको फेटा गाउँपालिका वडा न.४ स्थित सडक खण्डमा भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा प्रतिबन्धित कुखुराको चल्ला बरामद गरेको हो ।
अन्दाजी दुई लाख ८ हजार बराबरको २६ कार्टुन ( २६०० सय चल्ला ) कुखुराको चल्ला बेबारिसे अवस्थामा फेला परेको थियो ।

बरामद गरिएको चल्ला नष्ट गर्दै प्रहरी 

पशु क्वारेन्टाईन चेकपोष्ट मटिअर्वा तथा कुखुरा व्यवसायी संघ बाराका प्रतिनिधी, भद्र भलादमी, पत्रकारहरु समेतको रोहवरमा उक्त चल्लाहरु पसाह खोला किनारमा खाल्डोमा पुरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com