प्रहरी टोली र डाँका बीच भिडन्त हुदा १ जना डाँका घाइते र ३ जना डाकालाई पक्राउ

धनुषा , ९ असोज । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोली र डाँका बीच बिहीबार भिडन्त हुदा १ जना डाँका घाइते र घाइते सहित ४ जना डाकालाई पक्राउ गरेको छ ।

प्रहरी नायव निरीक्षक सन्तोष झाको नेतृत्वमा खटिएको प्रहरी टोलीले दशै , तिहार , छठ लगायत चाडपर्वहरुमा हुन सक्ने अपराधलाई नियन्त्रण गर्न विशेष सुरक्षा योजना अनुसार चोरी डकैती रोक्न सादा पोसाकमा समेत गस्ती एम्बुस निगरानी गर्ने क्रममा ३:३० बजेको समयमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका -२ स्थित उपमहानगरपालिकाको गेटको अगाडि रहेको दिपक बजाज र अमित अग्रवालले संयुक्त रुपमा संचालन गरेको जानकी फर्निसिङ नामको फर्निचर पसलको सटरको ताल्चा काटि भित्र प्रवेश गरि नगद पैसा राख्ने सेफ समेत फुटाइ डाँका गर्दा गर्दैको अवस्थामा ४ जना डाकाहरुलाई देखि नियन्त्रणमा लिन खोज्दा डाकाहरुले आफ्नो साथमा रहेको कटुवा पेस्तोल झिकि भाग्न खोज्दा प्रहरीले हवाई फायर गरेको बताइएको छ ।

त्यति गर्दा पनि नरोक्की डाकाहरु भाग्न खोज्दा प्रहरीले ३ राउन्ड गोली प्रहार गरेको जनाइएको छ । ४ जना डाका मध्ये १ जनालाई गोली लागि घाइते भएको छ भने ३ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको र घाइतेको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने डाकाहरुमा भारत बिहार जिल्ला सितामढी पिप्राढी इसलामपुर बस्ने वर्ष ४० को मोहमद ईलयास , सोही ठाउँ बर्गिनिया बस्ने अन्दाजी वर्ष ३९ को ओजिर अन्सारी , रौतहट जिल्ला वृन्दावन नगरपालिका -१ रमौली बैरिया बस्ने अन्दाजी वर्ष ३५ को गगन पटेल , गोली लागि घाइते भएको रौतहट जिल्ला गौर नगरपालिका -४ बस्ने अन्दाजी वर्ष ४५ विनोद प्रसाद सिंह रहेको जनाइएको छ ।

उनीहरूको साथबाट कटुवा पेस्तोल थान – १ , यसमा लाग्ने गोली २ राउण्ड , ताल्चा काटने कटर थान -१, नेपाली रु. १० को थान ७० जम्मा रु. ७०० ।-, ठुलो पेचकस थान -१, उक्त पसलमा लगाउने ताल्चा थान -२ काटेको अवस्थामा, निजहरुले प्रोग गरेको चप्पल थान-१, सयाम्सुङ  मोबाईल १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com