प्रहरी सेवालाई नागरिकमैत्री बनाउने कार्यमा सहयोग गर्न तत्पर छौ : अध्यक्ष यादव

वृजमान तामाङ

विरेन्द्र बजार , २३ भदौ – रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले प्रहरी सेवालाई नागरिकमैत्री बनाउने कार्यमा सहयोग गर्न तत्पर रहेको बताएका छ्न ।

ईलाका प्रहरी कार्यालय रुपनीद्वारा रुपनी वजारमा सोमबार आयोजित नागरिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनलेे यस्तो बताएका हुन । प्रहरीको साथ सहयोगले मात्र बेतिथी न्यूनीकरण हुने बताउदै कार्यक्रमका प्रमुख अतिथि यादवले प्रहरीलाई सम्मान गरेर काम लिनुपर्ने धाराणा व्यक्त गरे ।

प्रहरी कसैको प्रभावमा पर्नु हुदैन उनलेे भने, दवाब र प्रलोभनमा पिडितले न्याय नपाउने हुदा निष्पक्ष न्यायको अनुभुती आम नागरिकले गर्न पाउदैन । जनताको जिउज्यानको सुरक्षाका लागि कुनै कसर बाँकि नराख्ने बताउदै अध्यक्ष यादवले प्रहरीलाई आबाश्यता परेको श्रोतसाधन सहयोग गर्न तत्पर रहेने प्रतिबद्धता व्यक्त गरे ।

उनले भ्रष्टाचार , सामाजिक बिकृतीलाई प्रोत्साहित गर्ने तत्वको पहिचान गरि कारबाहीको दायरामा ल्याउन प्रहरीलाई आग्रह समेत गरे ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक प्रकाश बस्नेतले गुण्डागर्दी र अपराधीक क्रियाकलाप समलग्नलाई कसुर अनुसार करबाही गर्न पछि प्रहरी नहट्ने बताए । समाजलाई भयमुक्त बनाउने कार्यमा आम नागरिकको साथ सहयोग उत्तिकै आबश्यक हुने हुदा सबैपक्षले सकारात्मक भुमिका निर्बाहा गर्नुपर्नेमा उनले जोड दिए ।

रुपनी गाउँपालिकाका उपाध्यक्ष बेचनी देबि सरदारको अध्यक्षतामा अयोजित कार्यक्रममा राजपाका नेता दिनेश कुमार यादव, नेकपाका जिल्ला नेताद्वोय रामभजु यादव, दुर्गानन्द ठाकुर, भ्रष्टाचार तथा लागुऔषधमुक्त गाउँपालिकाका संयोजक राजु जयसवाल, बिष्णु थापा मगर, राम कुमार सास्त्री, राम कुमारी साह, बाबुराम घिमिरे, श्रावण कुमार यादवले आर्थिक प्रलोभन र बिचोलियाको प्रभावमा परेर प्रहरी सेवा प्रभाबकारी हुन नसकेको गुनासो गरे ।

ईलाका प्रहरी कार्यालय रुपनीका ईन्चाज प्रहरी नायव निरीक्षक सुरेश ठाकुरद्वारा संचालित कार्यक्रममा स्वागत मनतब्य व्यक्त गर्दै जिल्ला ट्राफिक कार्यालय सप्तरीका प्रमुख छबिरमण भट्टराईले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने दिशामा सजकतापुर्बक ट्राफिक प्रहरी परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com