प्राथमिक विद्यालय मोहनपुरका बिद्यार्थीलाई न्यानो कपडा बितरण

बृजमान तामाङ

हरिवन, १७ पुस । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ३ का प्राथमिक विद्यालय मोहनपुरका ८० जना छात्रछात्रालाई बिहीवार न्यानो कपडा बितरण गरिएको छ ।

द बर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेनका संचालक वसन्त थोकर तामाङले विद्यालयमा अध्यानरत बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गतेको हो ।

विद्यालयद्वारा बिधालय परिसरमा आयोजित एक कार्यक्रमका बिच संचालक तामाङ र समाजसेवी युवा नेता संजिव मोक्तानले संयुक्त रुपमा८० जना छात्रछात्रालाई ट्रयाकसुट बितरण गरे ।

विद्यालयलाई न्यानो कपडा बितरण गर्दै तामाङले ठण्डीबाट जोगाउन कपडा बितारण गरेको बताए । उनले न्यानो कपडा हस्तान्तरण गर्दै बिद्यार्थीलाई पढाइ-लेखाईमा ध्यान दिन आग्रह गरे ।

समाजसेवी मोक्तानले जाडोमा बिद्यार्थीलाई बिधालय जान कठिनाइ भएकोले न्यानो कपडाको ब्यबस्था मिलाईएको बताए । गरिव, बिपन्न बिद्यार्थीलाई न्यानो कपडाले ठूलो राहात पुग्ने हुदा सरकारले पनि सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

न्यानो कपडाकै कारण अतिबिपन्न परिवारका बिद्यार्थी बिधालय जानबाट बन्चित हुने गरेकोले सरकारी सहयोग आबश्यक रहेको मोक्तानको भनाई थियो । समाजसेवी मोक्तानको अग्रसरतामा द वर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेनले न्यानो कपडा उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com