प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरमा आजबाट बिरामीका लागि नयाँ ओपिडि बुक संचालनमा

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , २३ भदौ ।

प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुप -८ कंचनपुरले सोमबार बिरामीका लागि नयाँ ओपिडि बुकको सुभारम्भ गरेको छ ।

सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमारले स्वस्थ रहनका लागि खानपिनमा विशेष ध्यान दिन आवश्यक रहेको बताउँदै चिन्ताले मानिसलाई रोगी बनाउने भएकाले चिन्ता नलिन आग्रह गरे ।

सुगर र प्रेसरका बिरामीका बारेमा विशेष ध्यान दिई उपचारमा कमि नहुने वातावरण मिलाउन र जेष्ठ नागरिकहरुलाई ५० प्रतिशत छुट दिई उपचार गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए ।

उप-प्रमुख निरु पोखरेलले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर नगरपालिकाले कार्य गरिरहेको हुदा स्वास्थ्यकर्मीहरुले आफूले नजानेका कुरा माथिल्लो निकायका विज्ञहरूसँग सल्लाह सुझाव लिई बिरामीहरूको उपचार गर्नुपर्नेमा जोड दिइन् ।

स्वास्थ्य शाखाका संयोजक डम्बर प्रसाद गुप्ताले बिरामीहरूलाई कसरी व्यवस्थित गरि उपचार दिने भन्ने सम्बन्धमा स्वास्थ शाखाले कार्य गरिरहेको र दिगोपना कायम गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

नगर प्रबक्ता राजकुमार साह , प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाल , प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. संजिव कुमार झा , सिअहेव लक्ष्मी नारायण चौधरी , लगायतका व्यक्ताहरुले मन्तव्य गरेका थिए भने स्वास्थ्य केन्द्रका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com