फत्तेपुरमा बिबिध कार्यक्रम गरि मनाइयो सोनाम ल्होछार

खगेन्द्र कार्की

फत्तेपुर :- तामाङ समुदायकाे मुख्य पर्व ‘सोनाम ल्होछार’ । तामाङ समुदायले विभिन्न कार्यक्रमको साथ हर्षाेल्लासपूर्वक सप्तरीको फत्तेपुर मनाएका छन् ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि चरा वर्ष पूरा गरी ‘मुसा’ वर्षमा प्रवेश हुन्छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाउने गरिन्छ ।

ल्हाेसार अर्थात् ल्होछारमा ‘ल्हो’ काे अर्थ वर्ष वा साल अथवा सम्वत् हाे भने ‘छार’ काे अर्थ नयाँ भन्ने हुन्छ । यसरी ‘ल्होछार’ शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ‘सार’ अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको हाे ।

यस दिन तामाङ समूदायले विशेष परम्परागत अनि साँस्कृतिक महत्वका साथ ल्होछार मनाउँदछन् । सोनाम ल्होसारका अवसरमा नेपाल तामाङ घेदुङ सप्तकोशि नगर इकाइ कमिटीले विशेष कार्यक्रमको आयोजना गरेको छ।

नेपाल तामाङ घेदुङ सप्तकोसी नगर कमिटी अध्यक्ष जनक बम्जन को अध्यक्षता र सप्तकोसी नगरपालिका का नगर प्रमुख उत्तम कुमार शर्मा को प्रमुख आतिथ्यता मा सप्पन्न कार्यक्रममा नगर प्रमुख उत्तम कुमार शर्मा ,वडा अध्यक्ष नारायण प्रसाद आचर्य नेकपा जिल्ला कमिटी सदस्य सन्तोष खतिवडा ,त्रियुगा सहकारी सस्था का अध्यक्ष शम्भु बहादुर खड्का रक्तमाला सहकारी का अध्यक्ष रोहिणी प्रसाद पोखरेल लगायत ले शुभकामना मन्तव्य राखेका थिए ।

विभिन्न सास्कृतिक कार्यक्रम सहित तामाङ भेषभूषा, कला संस्कृति तामाङ खाना परिकार खाप्से समेत रहेको थियो।कार्यक्रम मा विभिन्न जनजाति को झाकी प्रदर्शनी गरिएको थियो।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com