फेरि ३ जना कोरोना संक्रमित थपिए ; संक्रमितको संख्या २७६ पुग्यो

काठमाडौं । कोरोनाभाइरसका तीन  जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार अब नेपालमा कोरोना भाइरस संक्रमित संख्या दुई सय ७६ पुगेको छ।

यी तीनै जना कपिलवस्तु शिवराज चन्द्रौटाका बासिन्दा हुन्। संक्रमितहरू २५ ३४ र ४४ वर्षीय उमेर समूहका पुरूषहरू हुन्।

यसअघि शनिबारै ६ जना संक्रमित थपिएका थिए।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com