फोरम नेपाल अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्षमा रामदेव यादव

बृजमान तामाङ

विरेन्द्र वजार, ०६ वैशाख । संघीय समाजवादी फोरम नेपाल अग्नीसाईर कृष्णासवरन गाँउपालिकाको अध्यक्षमा रामदेव यादव चयन भएका छन ।

फोरम नेपालको शुक्रवार सम्पन्न प्रथम गाउँपालिका अधिवेशनले यादवलाई गाउँपालिका अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

गठित समितीको उपाध्यक्षमा विजय चौधरी, सचिवमा सुर्यमान तामाङ, सह सचिवमा अभिनन्द यादव र कोषाध्यक्षमा परमेश्वरी देवी यादव चयन भएका छन । यस्तै सदस्यहरुमा हंसादेवी यादव, विवा कुमारी राई तामाङ, अनिता राई, श्रीप्रसाद मण्डल, म. साहिद शेख, देवराम यादव, पिण्टु खंग, गोविन्द अधिकारी, सुखीलाल साह र लक्ष्मी सदा रहेका छन ।

यसैगरी अधिवेशनवाट प्रदेश प्रतिनिधीमा कुशेश्वर प्रसाद चौधरी र जिल्ला प्रतिनिधिमा वृजमान तामाङ र प्रमेश्वरी देवी यादवलाई छनौट गरेको निर्वाचन अधिकृत देवेन्द्र प्रसाद मण्डलले जानकारी दिए । फोरम नेपाल सप्तरीमा सवैपालिका स्तरीय अधिवेशन वैशाख ५, ६ र ७ गते भित्र सक्ने निर्णय अन्र्तगत अधिकांशकको अधिवेशन सम्पन्न भईसकेको फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिए ।

आगामी वैशाख २८, २९ र ३० गते जनकपुरमा हुने महाधिवेशन र लाहानमा १३ र १४ गते हुने प्रदेश नम्वर २ को अधिवेशनलाई लक्षित गरी पालिका स्तरीय संगठानिक अभियान तिव्र पारिएको संघीय समाजवादी फोरम नेपाल सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com