बृजमान तामाङ
हरिवन, १५ मंसिर । सर्लाहीको हरिवन नगरपालिका ३ का बाढी पीडित सूर्यलाल मोक्तानको घर बन्ने भएको छ ।
बाढीले घर बगाएर बिचल्लीमा परेको मोक्तानको घर स्थानीय युँवा संजिब मोक्तानको पहलमा बन्ने भएको हो ।
बाढीले घर बगाएपछि खुल्ला आकाशमुनि पाल टांगेर दिन काटिरहेका ७० बर्षका मोक्तानको श्रीमति र एक फरक क्षमता भएका एक ४५ बर्षका छोरा छ्न । दुबैजाना बृद्व अबस्था र एक मात्र रहेको सन्तान समेत कमाउन नसक्ने हुदा बिहान बेलुका छाकटार्न अरुकै भर पर्नु मोक्तान परिपारको बाध्यता रहेको छ । बाढीले सर्बोस्व गुमाएका मोक्तान परिवारको रहेको १० धुर जमिनमा ७ लाख बराबरको घर निर्माण गर्न लागेको युवानेता संजिवले जानकारी दिए ।
सूर्यलाल बचाउ अभियान चलाएर चन्दाबाट संकलित रकमले मोक्तान परिवारको घर बनाउन लागेको उनले बताए ।
लामो अभियान पछि आइतबार मोक्तान परिवारको घर शिलान्यास गरिएको छ । तामाङ समुदायको प्रमुख चार्ड ल्होछार भन्दा अगाबै घर तयार गरि मोक्तान परिवारलाई हस्तान्तरण गरिने अभियानता संजिब मोक्तानले जानकारी गराए ।