बरमझियामा निमार्णधिन कबडहलको खेलकुद विकास समिति सप्तरीका प्रमुख भुजेलद्वारा अनुगमन

उत्सव आचार्य
कञ्चनरुप सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर २ बरमझियामा निमार्ण भएको कबड हलको बिहिवार खेलकुद विकास समिति सप्तरीका प्रमुखले अनुगमन निरीक्षण गरेका छन् ।
कबड हलको अनुगमनका क्रममा खेलकुद विकास समिति सप्तरीका प्रमुख दिनेश भुजेलले कबडहलको निमार्ण कार्य सन्तोष जनक रहेको बताए ।
विकास प्रेमी युवा नेतृ प्रतिनिधि सभाकी सांसद सरिता गिरी यादवको पहलमा सो कबडहलको निमार्ण कार्य सम्पन्न हुन लागेको हो । आफैं उपभोक्ता समितिको अध्यक्ष भएर दुई पटक कबडहलमा काम गरेको अनुभव सुनाइन् ।
सो कबडहलमा २०७१ सालमा रु १० लाख र २०७३ सालमा १५ लाखको बजेट ल्याई आफैं उपभोक्ता समितिको अध्यक्ष भई काम गरेको र आफू सांसद भएपछि गिरीले आर्थिक वर्ष २०७५/०७६ मा सांसद साझेदारी कार्यक्रमको शीर्षकबाट रु २० लाख बजेट विनियोजन गरी मो. इल्ताफ उपभोक्ताको अध्यक्ष भई काम गर्दा वर्षका कारणले ८ लाखको मात्र काम भएको र १२ लाख फ्रीज भएको गिरीले बताइन् ।
आर्थिक वर्ष २०७६/०७७ मा पनि सांसद साझेदारी कार्यक्रम अन्तर्गत नै रु ३० लाखको बजेट विनियोजन गरी मुकेश चौधरी उपभोक्ताको अध्यक्ष भई काम गरेको र बाँकी काम समेत पुरा गर्ने सांसद गिरीले बताइन् ।
कबडहलको ९५ प्रतिशत काम पुरा भएको र झ्याल , ढोका लगाउन र रङरोगन गर्न बाँकी रहेको छ ।
कबडहल निमार्णमा सुरुदेखि हालसम्म ६३ लाखको लगानी लागेको बताइएको छ । सो अनुगमनमा कञ्चनरुप नगरपालिकाका प्रेस सल्लाहकार उत्तम आचार्यको समे सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com