बसको छतमा लुकाएको १५० लिटर घरेलु मदिरा बरामद

उत्सव आचार्य

सप्तरी , ३० असोज ।

पर्सा जिल्लाको  बिरगंज महानगरपालिका १४ गण्डक स्थित बसको छतमा लुकाएको अबैध घरेलु मदिरा बरामद भएको छ ।

ईलाका प्रहरी कार्यालय गण्डक तथा पर्साबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँच गर्ने क्रममा ना ४ ख ८२१३ नम्बरको बसको छतमा लुकाइराखेको १५ पोकामा १५० लिटर घरेलु मदिरा फेला परेको हो ।

उक्त बस सहित वरामद भएको घरेलु मदिरा ईलाका प्रहरी कार्यालय गण्डकमा ल्याई थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com