बहुउद्देश्यीय सहकारी सस्था फत्तेपुरको १४ औ वार्षिक सधारण सभा सम्पन्न

शिव प्रसाद आचार्य
फत्तेपुर सप्तरी , २८ पुष । सप्तकोसी नगरपालिका वडा न १ मा रहेको फत्तेपुर बहुउद्देश्यीय सहकारी सस्था को १४ औ वार्षिक सधारण सभा नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।

फत्तेपुर नया बजारमा सम्पन्न वार्षिक सधारण सभामा सस्था का अध्यक्ष गोबिन्द बहादुर बस्नेतले अध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका थिए भने लेखाकमिटी सन्योजक वसन्त कोइरालाले आ ब ०७५/७६ को १७ करोड ३२ लाख ५८ हजार एक सय चौहत्तर रुपैया बराबरको आय ब्यय प्रस्तुत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश सासद सत्यनारायण मन्डल,बिशिस्ट अतिथी सहकारी बैंक राजबिराज का प्रबन्धक विष्णु पराजुली ,मुरारी कार्की,मनकामना सहकारी सस्थाका अध्यक्ष अशोक चौधरी ,त्रियुगा सहकारीका अध्यक्ष शम्भु खडका ,वडा अध्यक्ष नारायण आचार्य ,दुग्ध सहकारी संघका जिल्ला अध्यक्ष भुवन आचार्य लगायतले मन्तब्य ब्यक्त गरेका थिए।

आइतबार सम्पन्न वार्षिक साधारण सभाले नरेन्द्र खत्रीको अध्यक्षतामा नया नेतृत्व समेत चयन गरेको छ। उपाध्यक्ष मा अशोक गुप्ता चयन भएका छन भने सद्स्यहरुमा दुर्गा आचार्य,आशा घिमिरे,उमेश खडका,सिताराम भट्टराई ,प्रकाश खतिवडा धनेन्द्र खत्री चयन गरिएको छ भने जिल्ला प्रतिनिधि मा चिन्तामणी ढकाल चयन भएका छन।

त्यसै गरि प्रेम कुमार दाहाल (पारस) को सन्योजकत्व मा तीन सद्स्य लेखा समिती चयन गरिएको छ भने अन्य सद्स्यहरुमा विजय साह,आशिष् पोखरेल रहेका छन। दयाराम भट्टराई ले सन्चालन गरेको कार्यक्रम मा सस्थाका ब्यबस्थापक ईश्वरि नेपाल ले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com