‘बागी २’ को बक्स अफिसमा शानदार सुरुवात, तोड्यो पद्मावतको रेकर्ड

अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी अभिनित चलचित्र ‘बागी २’ ले बक्स अफिसमा शानदार सुरुवात गरेको छ । चलचित्र ‘बागी २’ ले प्रदर्शनको पहिलो दिनमै २५.१० करोड रुपैयाँ कलेक्सन गर्दै सन् २०१८ साल भरीकै पहिलो दिनमा धेरै ओपनिङ्ग गर्ने चलचित्र बन्न सफल भएको छ ।

एक्सनले भरपुर अभिनेता टाइगर श्राफको फिल्म ‘बागी २’ ले यो साल रिलिज भएका पद्मावत र प्याडम्यानसहित सबै फिल्मलाई पछारिदिएको छ ।

यस फिल्मले घरेलु बक्स अफिसमा कुल २५.१० करोड कमाई गर्न सफल भएको छ । जुन यो वर्ष रिलिज भएका सबै फिल्मको भन्दा धेरै ज्यादा हो । बलिउड बजार एनालिस्ट तरण आदर्शले यस फिल्मको आम्दानीको आँकडा सार्वजनिक गरेका हुन् ।

बागी २– २५ करोड

पद्मावत– १९ करोड (एक दिन पहिले हुने शोसहित २४ करोड)

प्याडम्यान – १० करोड

‘बागी २’ लाई विश्वभर ४१२५ स्क्रिनमा रिलिज गरिएको छ । यसलाई भारतमा ३५०० र ओभरसिजमा ६२५ हलमा देखाइएको हो । यसका बाबजुद फिल्मको आम्दानीलाई उत्कृष्ट मानिएको छ ।

यो फिल्म सन् २०१६ को हिट फिल्म बागीको सिक्वेल हो । जसले बक्स अफिसमा शानदार कमाई गरेको थियो । बागीमा टाइगर श्राफ र श्रद्धा कपुर मुख्य भूमिकामा थिए । बागी २मा टाइगरसँगै दिशा पटानी मुख्य भूमिकामा छन् । दुवै कलाकार पहिलो पटक ठुलो पर्दामा एकसाथ देखाइएको छ ।

चलचित्रमा यो जोडीको साथै चलचित्रमा मनोज बाजपेयी, रणदीप हुड्डा र प्रतिक बब्बरको पनि महत्वपूर्ण भूमिका रहेको छ । साजिद नाडियाडवाला र फोक्स स्टार स्टुडियो निर्माणमा बनेको बागी २ को निर्देशक अहमद खानले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

About the Author

Team KR News