बाराको पचरौताबाट पाँच केजी गाँजा सहित मानिस पक्राउ

बारा , ३ मंसिर ।

बारा जिल्लाको पचरौता नगरपालिकाबाट सोमबार पाँच केजी गाँजा सहित एक मानिस मानिस पक्राउ परेका छन् ।

प्रहरी चौकी पिपरपाति बाराबाट खटिएको प्रहरी टोलिले जिल्ला बारा पचरौता नगरपालिका वडा नं.७ बेनौली स्थित बारा पचरौता नगरपालिकाका बंका साह कलवारको छोरा कृष्ण साह कलवारलाई बोरा भित्र अबैध लागु औषध गाँजा ५ किलो बोकी लुकाई छिपाई लिई आएको अवस्थामा फेला पारेको हो ।

कलवारलाई पक्राउ गरी लागु औषध सम्बन्धि मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसनधान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com