बालमैत्री नगर घोषणा कार्यक्रममा बोल्दै मन्त्री पण्डितले " खटाएको ठाउँमा नजाने कर्मचारीलाई कार्वाही गरिने बताए "

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , १९ भदौ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुने बताएका छन् ।

‘हिजो मात्रै मन्त्रालयमा यो निर्णय गरेको कुरा  मन्त्री पण्डितले बताए , नगरपालिकालाई प्रदेश २ को पहिलो र मुलुककै तेस्रो बालमैत्री स्थानीय तह घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै भने, “जुन कर्मचारीलाई जहाँ खटाइएको छ, तलव सेवा सुविधा पनि त्यहींबाट मात्र पाउँछन् ।”

तोकिएको ठाउँमा नजाने कर्मचारीले तलव, भत्ता र सुविधा केही पनि नपाउने बताउँदै उनले २१ दिनसम्म पनि तोकिएको ठाउँमा नपुग्ने कर्मचारीको जागिर समाप्तीको बाटो सुरु हुने बताए ।

मन्त्री पण्डितले धर्मको आवरणमा हुने अपराध सह्य नहुने बतएका छन ।
हिुन्दु धर्म प्रतिको आस्थामा आँच आउन नदिन समेत सरकार सजग र संवेदनशिल रहेको दावी समेत उनले गरेका छन ।
सप्तरीको कञ्चनरुप नगरपालिकाद्वारा विहिवार कञ्चनपुरमा आयोजित वालमैत्री नगरपलिका घोषणा सभालाई सम्वोधन गर्दै मंन्त्री पण्डितले भने — बहुसंख्यक जनता हिन्दु धर्मावलम्वी रहेको नेपालमा हिन्दु धर्म प्रतिको आस्थामा आच पुग्ने काम कसैले गर्छ भने सरकार चुप लागेर बस्दैन । गाई सार्ने क्रममा नेपालगञ्जमा गाईहरु मरेको घटनाको छानविन सरकारले सुरु गरेको जानकारी दिदै उनले भने दोषीलाई मानिसको हत्या सरह कारवाही हुने छ ।
करिव छ महिना अगाडि विराटनगरका धर्मगुरु माथि भएको गोलि प्रहार उनले आफै गर्न लगाएको छानविनबाट पुष्टि भएको घटना झै नेपालगञ्ज घटना पनि त्यस्तै हुन सक्ने आशंका समेत मन्त्री पण्डितले गरे ।
दुई छिमेकि देशको विचमा रहेर पनि नेपालले आर्थिक क्षेत्रमा फड्को मारिरहेको भन्दै उनले देशमा संघियता कार्यन्वयनमा आए पनि प्रारम्भिक चरणमै रहेको र स्थानिय, प्रादेशिक, संघिय सरकारले देशलाई समृद्ध बनाउदै विश्व सामु नयाँ पहिचान कायम गर्न सफल भईरहेको दावि समेत गरे । केन्द्रिकृत संरचनाबाट प्रादेशिक संरचनामा जाने देश मध्ये नेपाल पहिलो रहेको तर्क समेत उनले गरे । संघिय लोकातान्त्रीक गणतन्त्र फाल्न सकिन्छ कि भन्ने दिवास्वप्न देख्नेहरुको सपना पुरा नहुने भन्दै उनले भने— फालिएको राजतन्त्र अब फर्केर आउँदैन ।
आफ्नो कर्मभुमि प्रदेश नं १ रहे पनि जन्मभुमि प्रदेश नं. २ रहेकाले संघिय सरकार मार्फत तराई मधेश समृधि कार्यक्रम आफैले ल्याउन लगाएको दावि समेत उनले गरे । गतवर्ष ५ अर्ब रकम विशेष कार्यक्रम मार्फत तराई मधेशको विकास निमार्णको काममा खर्च भएको र चालु आथिर्क बर्षमा सो रकममा बृद्धि गरि ७ अर्व ५५ करोड पु¥याईएको जानकारी समेत उनले दिए । कञ्चनरुप नगरपालिकाको विकासकालागी ८ करोड २५ लाख रकम संघिय सरकारले उपलब्ध गराईएको र यो बर्ष थप बजेट पठाउने जानकारी समेत उनले दिए ।
स्थानिय तहरुबाट गुणस्तरीय र लगानि अनुसारको प्रतिफल आउने काम हुनुपर्नेमा जोड दिदै मन्त्री पण्डितले स्थानियतहमा हुने अनियमितता र भ्रष्टाचारको छानविन गर्ने जिम्मेवारी सरकाले अख्तीयारलाई दिईएको बताए । उनले भने— भ्रष्टाचारीलाई दण्डित गर्न सरकार तयार छ ।
तिहार सम्ममा ९ हजार १ सय ६१ कर्मचारी भर्ना हुने र थप ६ हजार कर्मचारी भर्नाकालागी संघिय सरकारले लोकसेवा आयोगलाई पत्राचार गरिसकेको जानकारी समेत उनले दिए । खटाएको ठाउँमा नजाने कर्मचारीहरु सेवा सुविधाबाट बन्चित हुने भन्दै उनले २१ दिन भित्र खटाएको ठाँउमा नजाने कर्मचारीहरुको जागिर समेत खोसिने चेतावनी दिए ।
उनले भने , जति सुकै मेरो पुत्ला जलोस तर म डराउनेवाला छैन , टिका लगाएर आशिर्वादमा जागिर खाने दिन अब गए , अब योग्यता र दक्षताको आधारमा जागिर पाईने छ । आरक्षणलाई कायम राख्दै प्रतिस्पधालाई सरकारले महत्व दिएको समेत उनले बताए ।
सरकार खोज्न डेलिकेशन लिएर काठमाडौं जाने दिन गई सकेको भन्दै उनले स्थानिय र प्रदेश स्तरमा पनि सरकार गठन भई सकेकाले जनताले आफनो आवाज त्यहाँ पुरयाउनुपर्ने बताए ।
कसैको धम्कीबाट सरकार नडराउने भन्दै मन्त्रि पण्डिले अब हुने चुनाव लडेर निर्वाचित भई आफुले चाहे बमोजिमको कम गर्न समेत सरकारलाई धम्काउनेहरुलाई उनले सुझाव दिए ।
विद्यालयका शिक्षकहरुलाई मायाले पढाउन र ज्ञान गुन बाडन निर्देशन दिदै उनले मोटो मोटो डण्डा लिएर र्तसाउदै कक्षाकोठा पस्ने दिन अब गए , त्यसैले माया ममता पूर्वक पढाउनुस ।
शिक्षक र निजामति कर्मचारीहरु जागिरमा बसेर राजनित गर्न नपाउने भन्दै उनले भने राजनिति गर्नु छ भने जागिर छाड्नुस् । निजामति कर्मचारीको समायोजन सकिएको र शिक्षकहरुको समायोजन गर्न लागेको समेत उनले जानकारी दिए । संघिय सरकारको सबभन्दा बढि लगानि विद्यालयमा भईरहेको र सरकारले त्यसको प्रतिफल खोजिरहेको समेत उनले बताए ।
नेपालको वालवालिका वेलायत र अमेरिका भन्दा खुसि रहेको भन्दै मन्त्रि पण्डितले अभिभावकहरुलाई भने चालिस कटेसी रमाउला भन्ने गीत गाउन छाडनुस र अहिले देखिनै रमाउनुस् ।
सोहि कार्यमक्रमा बोल्दै राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले वालवालिकाको विकास बाटै देशको विकास हुने धारणा प्रकट गरे । प्रदेश नं. २ मा सामंन्तवादको अबशेष कायमै रहेको र भ्रष्टाचार मौलाएको आरोप समेत उनले लगाए ।
बाल चिकित्सक समेत रहेका सोहि क्षेत्रमा निर्वाचित प्रतिनिधिसभा सदस्य डा. सुर्यनारायण यादवले बालबालिकाहरु सबैभन्दा बढि उपेक्षीत रहेकाले उनिहरुलाई अगाडि बढाउन र उनिहरु भीत्र रहेको प्रतिभाको प्रस्फुटन हुन दिनुपर्नेमा जोड दिए ।
प्रतिनिधिसभा सदस्य तथा नेकपा सप्तरीकी नेतृ सरिता गीरिले बालबिवाहको अत्य गर्न सबै लाग्नुपर्नेमा जोड दिदै बालबिवाह गरे बिवाहदर्ता जन्मदर्ता जस्तो सेवा सुविधाबाट वन्चित हुनुपर्ने बताईन ।
कञ्चनरुप नगरपाकिाका नगरप्रमुख बसन्त कुमार मिश्रको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा मन्त्री पण्डितले कञ्चनरुप नगरपालिका बालमैत्रि नगरको रुपमा घोषित भएको धोषणा गर्दै संधिय सरकारको तर्फबाट कदरपत्र समेत प्रदान गरे ।
नेपालमै तेश्रो र प्रदेश नं. २ मा पहिलो बालमैत्रि नगरको रुपमा कञ्चनरुप बालमैत्रि नगर घोषणा भएको हो । प्रदेश नं. २ को पूर्वी जिल्ला सप्तरीको कञ्चनरुप नगरपलिकामा ११ हजार ४५ घरधुरी रहेको छ । ५५ हजार २ सय ६६ कुल जनसंख्या रहेको यस नगरपलिकामा १८ बर्ष मुनिका बालबालिकाको संख्या भने २० हजार ५ सय ९८ रहेको छ ।
बाल मैत्रि स्थानिय शासन राष्ट्रिय रणनिति २०६८, कार्यन्ययन कार्य विधि २०६८ र घोषणा कार्य विधि २०७० बमोजिम विभिन्न ३९ सुचकमा २ सुचक थप गरि ४१ सुचक पुरा गरि कञ्चनरुप नगरपालिका बालमैत्री स्थानिय शासन नगर घोषणा भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com