बाल क्लब व्यवस्थापन तथा क्षमता विकास सम्बन्धि दुई दिने अभिमुखिकरण तालिम शुरु

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , २० माघ ।

कञ्चनरूप नगरपालिकाको आयोजनामा तथा युनिसेफको सहयोगमा आइतबार १२ नम्बर वडा कार्यालयको सभाहलमा ११ र १२ नम्बर वडाका बाल क्लबका सदस्यहरूका लागि बाल क्लब व्यवस्थापन तथा क्षमता विकास सम्बन्धि दुई दिने अभिमुखिकरण तालिम शुरु भएको छ ।

सो कार्यक्रममा बोल्दै १२ नम्बर वडाका वडा अध्यक्ष देवी बहादुर खत्रीले नगरलाई बालमैत्री घोषणा गर्न सबै सरोकारवालाहरु एकजुट भएर लाग्नुपर्ने बताए ।

प्रेस सल्लाहकार उत्तम आचार्यले हुने विरुवाको चिल्लो पात भने झैं बालबालिकाले सानै उमेरदेखि इमानदारीताका साथ अध्ययन गरी उच्च शिक्षा हासिल गर्दै समाजको रुपान्तरणमा लाग्नुपर्ने बताए ।

Advertisement

वडा नम्बर ६ र ७ का वडा सचिव मीरा भट्टराईले बालमैत्री घोषणा गर्ने जिम्मा हाम्रो काधमा रहेको हुदा तोकिएको सूचकहरु पुरा गरि चैत्र मसान्तभित्र नगरलाई बालमैत्री घोषणा गर्नुपर्ने बताइन् ।

२४ जना सहभागी रहेको तालिममा सहजकर्ताहरु निशा तिम्सिना , रंज्योती चौधरी , पिन्टु सदा , जितेन्द्र साहले सहजीकरण गरेका थिए भने १२ नम्बरका वडा अध्यक्ष देवी बहादुर खत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com