बिकासीय दृष्टिकोणले ओझेलमा परेको ऐतिहाँसिक मन्दिर अग्नीसाईर

बृजमान तामाङ

बिरेन्द्र बजार , ४ वैशाख । सप्तरीको अग्नीसाईर कृष्णा सवरण गाउँपालिका वडा नम्बर २ सितापुरमा अबस्थीत प्रसिद्ध ऐतिहाँसिक अग्नीसाईर मन्दिर बिकासको दृष्टिकोणले पछाडी परेको छ ।

गाउँपालिकाको नमाङ्कन समेत मन्दिरको नामबाट राखिएता पनि सरकारी उदासिन्ताका कारण अपेक्षित बिकास हुन नसकेको हो । प्राचिन कालदेखी तेह्रवटा गाउँको प्रमुख देउताको रुपमा अग्नीसाईर मन्दिरलाई मानिदै आएतापनी बिकासको दृष्टिकोणले निकै पछाडी परेको तत्काली सितापुर गाबिसका पुर्ब अध्यक्ष बशन्त कुमार चौधरीले बताए । 

गाउँमा कुनै प्रकारको अनिष्ट र संकट आउने सम्भाबना देखिए पुर्व संकेत दिने गरेको स्थानीयहरुले वताए । मन्दिरमा वाघ कराउने कहिले साक्षत रुप लिई गाउँ प्रबेश गर्ने गरी पुर्ब संकेत दिई सचेत गराउने वुढापाकाहरु वताउछन । जंगलमा गाई, बाख्रा लगायतका चौपायाहरुलाई चराउन लाँदा गोठालो र बस्तुलाई जंगली जन्तुको आक्रामणबाट जोगाउने स्थानीयहरुको बिश्वास रहेको छ ।

अग्नीईर मन्दिरको दर्शन गर्नाले आफ्नो मनोकामाना पुरा हुने भएकोले नेपाल तथा भारतका गरी हजारौ दर्शानार्थीहरु आउने गरेको स्थानीय बिन्देश्वर खंगले बताए । प्रत्येक बर्ष बैशाख १ गतेको दिन ठूलो मेला लाग्ने जानकारी दिदै अग्नीसाईर देब स्थाल बिकास समितीका अध्यक्ष शुरेश चौधरीले मन्दिरमा बोका, कुखुरा, परेवा लगाएतको बली चढाउने परम्परा रहेको जानकारी गराए ।

यसवर्ष समेत लाखौ दशानार्थीहरुको उपस्थिती रहेको उनले वताए । सेनकालिन सलहेस, बगेश्वरी देवीको मुर्ती तथा ढुङ्गाबाट निर्मित प्रचिन दरवारका भबनाशेषहरु थुप्रै रहेता पनी यसको संरक्षण र बिकासमा राज्यले चासो नदिएको उनले गुनासो गरे । मन्दिर बिकासका लागी पटक—पटक कार्ययोजना बनाएर सम्वन्धित कार्यालयहरुमा पेश गरेतापनी सुनवाई नभएको अध्यक्ष चौधरीले दुखेसो पोखे । मन्दिरको संरक्षण गर्नेतर्फ कसैको ध्यान नपुगेका कारण मन्दिरका मुर्तीहरु चोरी हुनुका साथै बिकासमा पछी परेको उनले जानकारी दिए । हाल अगनीसाईर देब स्थाल बिकास समितीमा सितपुर, भुर्की, ईटहर्वा, प्रशवनी, जण्डौल, बकधुवा, घोघिदहा भवानीपुर, हरिहरपुर, मट्टीगढा, मट्टिगढी, गोडिया, दिघुवा, पकरी, बिरोल, कमलपुर, चनौरा पडरिया, डुमरी शिबथान, झल्ही फर्सेटका प्रतिनिधीहरु समाबेश रहेको अध्यक्ष चौधरीले जानकारी गराए । अग्नीसाईर मन्दिरको बिकासको लागी स्थानिय सरकारले गम्भिर चासो राखेको तथा मन्दिरलाई धार्मीक पर्यटकिय स्थलको रुपमा बिकास गर्ने कार्यायोजना रहेको अग्नीसाईर कृष्णा सवरण गाउँपालिकाका अध्यक्ष प्रशुराम चौधरीले जानकारी दिए । उनले विगतमा जे जसो भएपनी वर्तमान अवस्थामा मन्दिर सम्मजाने वाटो र स्तरउन्नतीको लागि गत वर्ष दश लाख र चालु आर्थिक वर्षमा ११ लाखको काम भएको वताए । अग्नीसाईर मन्दिरमा श्रदालु भक्तजनहरु घुईचो लाग्ने गरेपनी उचित व्यावस्थापन नहुदा कठिनाई हुने गरेको स्थानीयले जनाएको छ ।

यसैगरी सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ५ स्थीत पुर्ब पश्चिम राजमार्गमा पर्ने कोईली दह ओझेलमा परेका छन । दहमा नुहाउनाले चर्मरोग निकोहुने भनी ख्याती कमाएको भएपनी बिकासमा कसैको ध्यान नपुगेको हो । दहमा नेपाल तथा भारतका गरी दिनहु सयौ चर्म रोगीहरु आएर नुहाउने गरेका छन । हजारौ बर्ष पुरानो दह देशमा जस्तो सुकै खडेरी आएपनी नसुक्ने यसको महिमा रहेको स्थानीहरु बताउछन । बिशेष गरी आईतबार र मंलबार कोईली दहमा स्नान गर्नाले रोग निको हुने जनबिश्वास रहेकोले बढी घुईचो लाग्ने गरेको स्थानीय दिपक चौधरीले जानकारी दिए । चर्मरोग निको हुने प्रसिद्धि कमाएका कोईली दह बिकासमा राज्य गम्भिर नभएका कारण ओझलमा परको स्थानीय ८२ बर्षिय मनभरण सरदारले बताए । कोईली दहको बिशेष्ता बारे प्रचार प्रसार हुन जरुरी रहेको साथै राज्यको धार्मिक सम्पदाहरुको संरक्षणमा राज्यले लगानी गनुपर्ने स्थानीयहरुले माँग गरेका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com