बिजुलीको पोलले थिचेर सप्तरीमा एकको मृत्यु

महेन्द्र सदा

पातो , २५ साउन ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शनिबार विहान ८ बजेको समयमा एक धान व्यापारीको बिजुलीको पोलले थिचेर मृत्यु भएको छ ।

डाक्नेश्वरी नगरपालिका ५ पातो बजारका ५० वर्षीय धान व्यापारी भोला साह ट्याक्टरमा धान लोड गर्नका लागि डाक्नेश्वरी नगरपालिका ५ कै सुन्दरपुर मुसाहरी टोलमा लेवर मजदुर खोज्न गएको बेला एकजनाले पिपलको रुखको हाँगा काटिरहेको बेला त्यहाँ पुगेपछि अचानक रुखको हाँगा बिजुलीको पोलको तारमाथि खसे पछि बिजुलीको पोल ढलेर व्यापारी साह माथि खसे पछि उनी सिकिस्त घाइते हुदा उपचारको लागि सगरमाथा अञ्चल अस्पताल राजविराजमा लगिएको थियो र उनको उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पातोले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com