बिरेन्द्र बजारमा सहकारी सम्बन्धि पाँच दिने अभिमुखीकरण कार्यक्रम शुरु

बृजमान तामाङ/

बिरेन्द्र बजार, २ फागुन, सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ बिरेन्द्र बजारमा शुक्रबार पाँच दिने प्रदेश स्तरीय सहकारी अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।

भुमी ब्याबस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर २ को सहयोगमा किसान बचत तथा ऋण सहकारी संस्था बिरेन्द्र बजारद्वारा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।

आयोजक संस्थाका अध्यक्ष आनन्द मेहेताको अध्यक्षतामा आयोजित अभिमुखिकरण कार्यक्रमको प्रदेश नम्बर २ का भुमी ब्याबस्था कृषि तथा सहकारी मन्त्री सरोज सिंह कुसवाहाले एक समारोहको बिच उद्वघाटन गरे ।

कार्यक्रम उद्वघाट्न समारोहमा मन्त्री कुसवाहा, राष्ट्रिय सहकारी बैंकका संचालक समिति सदस्य बिश्वनाथ मण्डल, दूध उत्पादन संघ सप्तरीका भुवन आचर्य, बेटि पढाउ, बेटि बचाउ अभियानका सप्तरी संयोजक दिल कुमारी चौधरी, रुपनी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष गोबिन्द सिंह थापा मगर, युवा सोरोजगार सप्तरीका सदस्य सचिब हरि देव प्रसाद चौधरी लगायतकाले मन्तव्य व्यक्त गरे ।

यसैगरी कार्यक्रममा जिल्ला बचत संघ सप्तरीका वरिष्ठ उपाध्यक्ष भवानी प्रसाद चौधरी, दिपेन्द्र आचर्य, चन्द्रमणी भट्टराई, कल्पना कोईराला, उषा मण्डल लगायतकाले समेत मन्तव्य व्यक्त गरे ।

किसान बचत तथा ऋण सहकारी संस्था बिरेन्द्र बजारका ब्याबस्थापक चेत नारायण मेहताद्वारा संचालित कार्यक्रममा स्वागत संचालक समितिका उपाध्यक्ष बम बहादुर राउतले गरे ।

पाँच दिन सम्म संचालन हुने अभिमुखिकारण कार्यक्रममा विभिन्न ३५ वटा सहकारी संस्थाको प्रतिनिधिहरुको सहभागीता रहेको आयोजक संस्थाका सह ब्याबस्थापक संगिता चौधरीले जानकारी गराईन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com