बीपी प्रतिष्ठानले गरेको एमआरआई टेण्डर रद्ध, अख्तियारद्धारा छानबिन जारी

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमआरआई उपकरण खरिदका लागि आह्वान गरेको टेण्डर रद्द गरेको छ । टेण्डर रद्द गरेको पत्र आज प्राप्त भएको हस्पीटेक इन्टर प्राइजेजका सञ्चालक विशाल पण्डितले बताउनुभयो । प्रतिष्ठानले आफुसँग भएको एमआरआई उपकरण पुरानो भएकाले आर्थिक वर्ष २०७२/७३ मा १ दशमलव ५ टेस्ला खरिद गर्न टेण्डर आह्वान गरेको थियो । सोही अनुसार हस्पीटेक इन्टर प्राइजेजले टेण्डर पारेपछि प्रतिष्ठानले १८ करोड रुपैयाँमा १ दशमलव ५ टेस्ला एमआरआई खरिद प्रक्रिया अघि बढाएको थियो ।

हस्पीटेकले अन्यत्र सोही उपकरण १२ करोड रुपैयाँमा दिएको तर प्रतिष्ठानलाई ६ करोड रुपैयाँ बढीमा बिक्री गर्न खोज्दा आर्थिक अनियमितता हुन सक्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि विवाद उत्कर्षमा पुगेको थियो । एमआरआई खरिद प्रक्रिया सम्बन्धी विषय छानबिनकै क्रममा रहेको अख्तियारका प्रवक्ता तथा सहसचिव दीर्घराज मैनालीले बताउनुभयो । 

तपाईको प्रतिक्रिया

About the Author

Team KR News