बीरगंजबाट १८ लाख सहित हुण्डी कारोवार गर्ने ३ जना पक्राउ

पर्सा, कार्तिक २२ गते ।
पर्साको रजतजयन्ती चौक स्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बीरगंज आउदै गर्दा ३ जना हुण्डी कारोवार गर्ने मानिस पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बीरगंज महानगरपालिका-१६ रजतजयन्ती चौक स्थित सडक खण्डमा सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट बीरगंज तर्फ बि.आर. ०५ एस ३७९२, बि.आर. ०५ बि १४४४ र बि.आर. ०६ एआर ३७८९ नम्बरको मोटरसाईकल चलाई आउदै गरेका भारत बिहार सुगौली बजार बस्ने २२ वर्षीय बिक्की कुमार, भारत रक्सौल नागा रोड बस्ने २६ वर्षीय सुधिर कुमार र सोही स्थान बस्ने ३० वर्षीय सहिद आलमको साथबाट श्रोत नखुलेको अवैध नेपाली रुपैया रु. १८,००,०००।– (अठार लाख ) सहित अवैध हुण्डी कारोवार गर्ने मानिस र निजहरुले प्रयोग गरेको ३ वटा मोटरसाईकल नियन्त्रणमा लिइएको छ ।

थप आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com