बृक्षा रोपन गरेर मनाईयो १३ औं बलिदानी दिवस

बृजमान तामाङ

बिरेन्द्र बजार, ५ माघ । समाजवादी बिद्यार्थी युनियन महेन्द्र बिन्देश्वरि बहुमुखी क्याम्पस ईकाई कमिटी द्वारा आइतबार बृक्षा रोपन गरेर १३ औं बलिदानी दिवस मनाएका छ्न ।

मधेस बिद्रोह र मधेस आन्दोलनको क्रममा साहदत प्राप्त सहिदहरुको स्मरणमा क्याम्पस प्राङ्गणमा एक कार्यक्रमको बिच ४१ वटा बिरुवा रोपेर बलिदानी दिवस मनाएका हुन ।

समाजवादी बिद्यार्थी युनियन मबिब क्याम्पस ईकाई समिति राजबिराजका अध्यक्ष श्याम कुमार यादवको अध्यक्षता तथा समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष एमब पुर्व शिक्षा मन्त्री रेणु कुमारी यादवको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।

मधेस बिद्रोहका प्रथम सहिद रमेश मेहता र विभिन्न आन्दोलनमा साहदत प्राप्त सहिदहरुको योगदानको बारे चर्चा गर्दै प्रमुख अतिथि यादवले भनिन- सहिदहरुको बारेमा जति बोल्दा पनि कमै हुन्छ, उनले थपिन- आज यो देशमा मधेसी, आदिवासी जनजाती, मुश्लिम, थारु, महिला र अल्पसंख्यकहरुले थोरै भएपनी पाएको अधिकार सहिदहरुकै बलिदानीको उपज हो ।

कार्यक्रममा प्रमुख अतिथि यादव, सप्तरी क्षेत्र नम्बर ४ ख बाट प्रत्येक्ष निर्बाचित प्रदेश सभा सदस्य अभिषेक यादव, क्याम्पस प्रमुख प्रा. डा. सर्बेन्द्र कुमार मिश्रा, समाजवादी पार्टीका केन्द्रिय सदस्य एबम बिद्यार्थी बिभाग ईन्चार्ज अशोक यादव, समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादव, समाजवादी बिद्यार्थी युनियन प्रदेश नम्बर २ का वरिष्ठ उपाध्यक्ष तारकेश्वर प्रसाद यादव, कोषाध्यक्ष राधेश्याम यादव, सप्तरी जिल्ला अध्यक्ष सन्जय यादव, समाजवादि युवा संघ सप्तरीका अध्यक्ष विशाल यादव, माहादेवा गाउँपालिका अध्यक्ष बेचन यादव, उपाध्यक्ष गौतम बर्मा, संतोष यादव, सचिब अबिषेक यादव, सदस्यहरु दिपेन्द्र यादव, मिथिलेश कुमार यादव, अनिल साह, चन्दन दासले समुहिक रुपमाब ४१ वटा अशोकको बिरुवा रोपेका छ्न ।

बृक्षा रोपन कार्यक्रममा महेन्द्र बिन्देश्वरी क्याम्पसका परिक्षा शाखा प्रमुख चन्देश्वर यादव, पुर्व शाखा प्रमुख राजेन्द्र प्रसाद दास, शिक्षा बिकास ईन्चार्ज रामआशिष् यादव, समाजवादी बिद्यार्थी युनियन सप्तरीका उपाध्यक्ष आशा चौधरी, कोषाध्यक्ष सर्निता कुमारी यादव लगायतका क्याम्पसका विभिन्न संकायका छात्रछात्राहरुको समेत सहभागिता रहेको थियो ।

मबिब क्याम्पस ईकाई समितिका सचिब म. जाकौलद्वारा संचालित कार्यक्रममा सहिदहरुको सम्झना स्वारुप २ मिनेट मौनधारण समेत गरियो । बिद्यार्थीहरुले मधेस बिद्रोह र विभिन्न आन्दोलनका क्रममा सहिद भएकाहरुलाई स्मरण गर्दै राजबिराज स्थिति नेता चौकमा साझ मैनबती समेत बालेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com