भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा १ बोरा पटाका बरामद

पर्सा , ३० असोज ।

जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय नगवा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा १ बोरा पटाका बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय नगवा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार जिल्ला पर्सा बीरगंज नगवा पोखरी स्थित भारतबाट नेपाल तर्फ तरकारीको बोरामा लुकाई-छिपाई साईकलमा ल्याउँदै गरेको अवस्थामा पटाका १ बोरा सहित भारत जि. मोतिहारी बच्कौरा २ बस्ने रमेश कुश्वाहाको छोरा वर्ष २५ को राकेश कुश्वाहालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको बताएको छ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com