भारतमा युनिभर्सिटीको लापरबाहीले सप्तरीका एक नेपाली विद्यार्थीको मृत्यु

भारतको पंजाब स्थित मण्डि गोबिन्दगर्हमा रहेको रिम्ट युनिभर्सिटीको लापरबाहीले एकजना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेपालको सप्तरी जिल्ला महदेवा गाउँको १८ वर्षीय हेमन्त मण्डल रहेको युनिभर्सिटीमा अध्यनरत अन्य नेपाली विद्यार्थीले न्युजलाई जानकारी दिए । विद्यार्थीहरुका अनुसार मृत भनिएका हेमन्त बुधबार बेलुका ९ बजे देखि युनिभर्सिटी परिसरमा देखिएका थिएनन् ।

नाम नखुलाउने शर्तमा एक जना नेपाली विद्यार्थीले उनलाई युनिभर्सिटीले नै बेपत्ता बनाएको हुन सक्ने आंशका व्यक्त गरेका छन् । उनले भने हेमन्तको दिउँसो देखीनै पेट दुखी रहेको थियो ,तर युनिभर्सिटीका वार्डेन मोहन सिंहले अस्पताल जानै दिएनन् ।

उनका अनुसार वार्डेन सिङले हेमन्तलाई ५ सय रुपैया दिए मात्र अस्पताल जान दिने भन्दै दुख दिएका थिए । सोही युनिभर्सिटीमा अध्यनरत अन्य नेपाली विद्यार्थीले हेमन्तको बारे बुझ्न जादा प्रशासनले १ सय भन्दा बढी प्रहरी लगाएर विद्यार्थीमाथी नै दमन गराएको थियो । प्रहरीले विद्यार्थीहरु माथी कुटपिट गर्नुका साथै केही विद्यार्थीलाई आफू संगै कतै लगेको त्यहाँका विद्यार्थीले जानकारी दिए । एक विद्यार्थीले भने हामीले केही सोधे प्रहरी कोठामै पसेर पिट्न थाल्छन् , त्यही डरले हामी चुप लागेर बसेका छौं नभए हामिलाई पनि युनिभर्सिटी प्रशासनले बेपत्ता बनाउन सक्छु । विद्यार्थीहरुका अनुसार सो युनिभर्सिटीका सञ्चालन कुनै बंसल रहेका छन् ।

रिम्ट युनिभर्सिटीमा ३ सय भन्दा बढी नेपाली विद्यार्थी अध्यनरत रहेको छ । अहिले युनिभर्सिटी प्रशासनले वार्डेन सिंहलाई गोप्य रुपमा लुकाएर राखेको खुल्न आएको छ ।
यो विषयमा थप विवरण आउन बाकी रहेको छ । साभार : अन्नपूर्ण पोस्ट

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com