भारतीय चोरहरुको हातबाट मोरङकी आठ वर्षीया बालिका उम्कन सफल

के एन आचार्य

कञ्चनरूप सप्तरी , १६ कार्तिक ।

सप्तरीमा भारतीय चोरहरुको हातबाट शुक्रबार मोरङकी आठ वर्षीया बालिका उम्कन सफल भएकी छन्।
मोरङको डाडर बैरीया गाउँपालिका–५ का संजय शर्माकी ८ वर्षीय छोरी आँचल शर्मालाई भारतीय चोरहरुले बोरामा राखेर लैजाँदै गर्दा स्थानीयको सहयोगमा प्रहरीले मुक्त गरेको हो ।

सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका–९ हनुमाननगर बजारमा रहेका मामा अमित शर्माको घरकाे आँगनमा खेलिरहेकी बालिकालाई चोरहरुले बोरामा हालेर साइकलमा लैजान लागेका थिए।

हजुरबुवाको श्राद्धमा आएकी बालिकालाई चोरहरुले जवर्जस्ती उठाएर लग्न लागेको देखेपछि बालिकाकी हजुरआमा साबित्री देबी शर्माले हो–हल्ला गर्दा स्थानियबासीहरुले ती चोरहरुलाई समाति ईलाका प्रहरी कार्यालय हनुमाननगरमा जानकारी गरेका थिए ।

प्रहरीले सुचना पाउनासाथ सो ठाउँ गई बालिका चोर भारत बिहार जिल्ला सुपौल ग्राम बथनाहा वडा नं१८ बस्ने उमेश गोसाईको छोरा अंन्दाजी वर्ष २० को आनन्द कुमार गोसाई र सोही ग्राम–४ बैरियाघाट बस्ने नरेश झाको छोरा अन्दाजी वर्ष १८ को अनिल कुमार झालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १ थान साईकल र ३ वटा पलाष्टीको बोरा समेत बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com