भारोत्तोलन प्रतियोगितामा सप्तरीले नौ स्वर्ण पदक हात पारेको छ भने सिरहाले चार, धनुषा र बाराले दुई/दुई

राजविराज, १६ फागुन । सप्तरीको राजबिराजमा सम्पन्न प्रदेश नम्बरं २ स्तरीय भारोत्तोलन प्रतियोगितामा सप्तरीले नौ स्वर्ण पदक हात पारेको छ भने सिरहाले चार, धनुषा र बाराले दुई/दुई स्वर्ण पदक जितेको छ ।
बिहीबार भएको प्रतियोगितामा पुरुषतर्फ ६७ किलो तौल समूहमा धनुषाका अशोककुमार यादव, ७३ किलो तौल समूहमा सप्तरीका मनोजकुमार यादव, ८१ किलो तौल समूहमा बाराका सजारुद्धिन आलम र ८९ किलो तौल समूहमा सप्तरीका रोशनकुमार साहले स्वर्ण पदक हात पारेका हुन् ।
यसैगरी ९६ किलो तौल समूहमा धनुषाका उज्जवलकुमार मिश्र, एक सय दुई किलो तौल समूहमा सप्तरीका राजेशकुमार झा, एक सय नौ किलो तौल समूहमा सिरहाका प्रताप चौधरी र एक सय नौ भन्दा बढी किलो तौल समूहमा बाराका आदर्शकुमार गुप्ता प्रथम भए ।
बुधबारको खेलमा सप्तरीले ६ र सिरहाले तीन स्वर्ण पदक जितेका थिए । नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भएको छनौट प्रतियोगितामा ६ जिल्लाका १२ महिलासहित ५८ खेलाडीहरुले प्रतिस्पर्धा गरेको नेपाल भारोत्तोलन संघका सचिव एवं अन्तर्राष्ट्रिय निर्णायक तिलक राउतले बताए ।
खेल आरम्भ हुनु अघि बुधबार भएको हेलिकप्टर दुर्घटनामा दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबीन्द्र अधिकारीसहित सात जना मृतकप्रति एक मिनेट मौन धारण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com