भैसी चोर्दै गर्दा सोमबार सप्तरीको रुपनी गाउँपालिकाबाट ३ जना पक्राउ

राजविराज ।

भैसी चोर्दै गर्दा सोमबार सप्तरीको रुपनी गाउँपालिकाबाट ३ जना पक्राउ परेका छन् ।

सप्तरी जिल्लाको रुपनी गाउँपालिका–१  रामपुरका विशेश्वर यादवको भैसी चोर्दै गर्दा बोदेबर्साइन नगरपालिका-५ का २६ वर्षीय मोहम्मद रफिल मिँया, धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ का २८ वर्षीय नारायण बुढाथोकी र सिरहाको महेशपुर पतारी गाउँपालिका–४ का ३५ वर्षीय नसरुल मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।
भैसीको दाम्लो खोल्दै गरेको अवस्थामा बोदेबर्साईन निवासी मो. रफिल मियाँलाई देखेर घरधनी यादवले प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ इलाका प्रहरी कार्यालय रुपनीले उनलाई रंगेहात पक्राउ गरेको थियो ।

उनकै जानकारीका आधारमा थप दुई जनालाई ज १ च १२०१ नं. को पिकअप सहित भैंसी कुरेर बसिरहेका वेला पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपनी चौकबाट नसरुल र नारायणलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले बताए ।

पक्राउ परेका तिनै जनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com