मधेसी आयोगको खर्च: गोष्ठी र अनुशिक्षणमा ३ करोड

काठमाडौँ । मधेसी आयोगले गोष्ठी र अनुशिक्षण कार्यक्रम सञ्चालनमा मात्रै साढे ३ करोड बढी खर्च गरेको छ । आयोगले सोमबार ललितपुरस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरि आर्थिक बर्ष २०७५/७६ मा गरिएको कार्यक्रमबारे जानकारी दिदै अनुशिक्षण र गोष्ठीका लागि ३ करोड ५६ लाख ८१ हजार १ सय ६८ रुपैया खर्च भएको जनाएको हो ।

यो रकम आयोगले प्रदेश २ का ८ वटा जिल्ला, प्रदेश १, प्रदेश ५ र ७ मा गोष्ठी तथा अनुशिक्षण कार्यक्रमका लागि खर्च गरेको हो । त्यसैगरी जनचेतना मुलुक रेडियो जिंगल निर्माणमा र प्रशारणमा साढे ४ लाख बढी खर्च गरेको आयोगका प्रवक्ता हरि बखतीले जानकारी दिए ।

५ करोड ९० लाख रुपैयाँ विनियोजन भएको आयोगमा १ करोड ५२ लाख १८ हजार ८ सय ३१ रुपैयाँ खर्च गर्न नसकेर फ्रिज भएको छ । २०७५ कात्तिक २५ गते कार्यालय स्थापना भएको आयोगको अध्यक्षको रुपमा डाक्टर विजयकुमार दत्तले २०७५ चैत ७ गते पदभार सम्हालेका थिए । आयोगका ४ सदस्यको पद रिक्त छन् । अपन दैनिक

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com