ममता अर्याल लैलैको- "आमा मैले नशा पिएको होइन" कविता

आमा मैले नशा पिएको होइन – ममता अर्याल लैलै

आमा, म एउटा पार्टी मा गएको थिए।
तपाई ले भन्नू भाको थियो मलाई
नशा न पिउनु भनेर
त्यसैले बाकी साथीहरू ले पिएर
रमाइलो गरेका थिए।
अनि म जुस पिउदै गरे
तर मलाई गर्व थियो आफै मा

आमा, तपाई ले भन्नू भाको थियो
नशा पिएर गाडी नचलाउनु भनेर
मैले पनि त्यसै गरे
घर फर्किदा सम्म मैले नशा लाई
छोएन पनि
तर पनि बाकी साथीहरू रमाइलो को लागि
धेरै नै पिउदै थिए
उनिहरु मलाई पिउन कर गर्दै उस्काएका पनि थिए।
तर म राम्रो संग जानेको थिए।
मलाई नशा पिउनु छैन र म त्यसै गरे
आमा, तपाई सधै राम्रो ज्ञान दिनु हुन्छ।
पार्टी अब लगभग सकिन लाग्यो
अनि सबै साथीहरू आ-आफ्नो घर तिर फर्किने तयारी गर्दै थिए।
आमा, अब म आफ्नो गाडी मा बस्दै छु
केही छिन पछि आफ्नो घरमा मेरी प्यारी आमा अनि
परिवार संग हुनेछु।
तपाई अनि बाबा को यही माया यो संस्कार
मलाई जिम्मेवारी सिकाउनु भयो
त्यसैले त छिमेकीहरु भन्छन् ज्ञानी छ भनेर।
आमा,म घर आउदै छु
अहिले बाटोमा छु
आज धेरै रमाइलो गरियो आमा
म धेरै खुसी छु
तर यो के भयो आमा,लौन…………
शायद अर्को गाडी वालाले
मलाई देखेनछ।
अनि निकै डर लाग्दो भयानक दुर्घटना ……..
आमा, म यहाँ बाटो मा खुनले
लतपत छु।
पुलिस साइरन कोआवाज सुन्दै छु
अनि पुलिस भन्दै छन्
यसले पिएको छैन अर्को गाडी वाला ले
पिएर चलाएको थियो भनेर
तर आमा, मेरो बाबा ,
उसको गल्ती को सजाय मलाई किन???
आमा मलाई यस्तो लाग्दै छ
शायद अब म बाच्न पाउदिन होला
आमा बाबा, यो अन्तिम समयमा
म तपाई को नजिक किन छैन????
आमा, भन्नुस् न यस्तो किन
केही समयमा सबै देखि टाढा जादै छु
आमा, मेरो वरिपरि यो गीलो गीलो
रातो रातो के लागेको छ।
ओहो! यो खुन रहेछ त्यो पनि मेरो मात्रै
म डाक्टरको आवज सुन्दैछु
डाक्टर भन्दै छन् अब मलाई बचाउन गार्‍हो छ
म बाच्दिन रे
के म साच्चै बाच्दिन त आमा???
मेरो विस्वास गर्नुस् आमा
हजुरको कसम खाएर भन्छु
मैले पिएको होइन
म अर्को गाडी चलाउने लाई
चिनेको छु।
त्यो पनि त्यही पार्टी मा थियो
अनि खुब नशा पिउदै थियोे
आमा, उनिहरु किन पिउछन्?
अनि मान्छेको जिन्दगी संग खेल्छन्
उफ! आमा,मलाई धेरै पीडा हुँदै छ
मानौ कि कसैले मेरो शरीरलाई टुक्राटुक्रा पार्दै
छुरिले रेट्दै छ।
जसले मलाई टक्कर मार्यो
त्यो आफ्नो घर गयो
अनि म यहाँ आफ्नो अन्तिम सास गन्दै छु।
अब तपाई नै भन्नुस्
आमा, के यो ठिक भयो ???
घरमा दिदी लाई नरुनु भन्नू
बाबा लाई समालिन भन्नू
मलाई थाहा छ कि तपाई हरु मलाई
कति माया गर्नु हुन्छ चाहानु हुन्छ भनेर।
बाबा ,दिदी,अनि मेरी आमा
मलाई सधै भन्नू हुन्थ्यो गाडी
बिस्तारै चलाउनु भनेर
बाबा, मेरो विस्वास गर्नु मेरो कुनै गल्ती छैन
अब म बोल्न पनि नसक्ने
भए आमा कति दुख्यो ऐया…
सास लिन गार्‍हो हुदै छ
आमा बाबा तपाई मेरो नजिक
किन हुनुहुन्न??
लौन आमा,
शायद मेरो अन्तिम समय आयो
यो के हुदै छ
आँखा वरिपरि अधेरो भाको छ
आमा मलाई धेरै डर लागेको छ।
मेरो दिदी अब बाबा आमा को ख्याल गर्नु है
बाबा आमा लाई रुन नदिनु
म तपाई हरु को मुटुमा नजिकै हुने छु
आमा, म जाँदै छु
तर जाने बेलामा एउटा प्रश्न सोध्छु
यी मान्छे हरु किन नशा पिएर गाडी
चलाउछन्????
यदि आज उसले नपिएको भए
म जिउदै हुने थिए आफ्नो घर परिवार संग
हुने थिए……..
ममता अर्याल लैलै
रचना काल्पनिक हो।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com