ममता अर्याल लैलैको - "बिहानै उठ्दा गोठमा बस्तु भोका हुने गर्थे" गजल

ममता अर्याल लैलैको गजल – “बिहानै उठ्दा गोठमा बस्तु भोका हुने गर्थे” 

बिहानै उठ्दा गोठमा बस्तु भोका हुने गर्थे
खरबारी जान आगनमा रित्ता डोका हुने गर्थे

डोका भरि घाँस त्यस माथि दुईवटा मुठा
बिचरा पसिनाले पुरै शरीर धोका हुने गर्थे

आफुलाई भन्दा बढी बस्तुको स्यार गर्दा
गोठमा मोटाएका खसी बोका हुने गर्थे

घाँस दाउरा पछि पसिना पुछ्दै खान बस्दा
खान नपुगेर चुलोको छेउमा रोका हुने गर्थे

आमाले चोरेर खान्छन् भनि लुकाएको म्रिसी
खोल्नै नसकिने बाकसको ढोका हुने गर्थे

त्यो समय सम्झिदा आखा मा ताल पर्छ
जे भएनी एकअर्काको मन छोका हुने गर्थे।।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com